२०७४ मंसिर २० , काठमाडौं / विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई २ सय २२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटीङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा २२१ रन जोडेको हो ।
अबुधाबीस्थित शेख जायेद रंगशालामा २० मंसीरमा भएको खेलमा अविजित रहँदै शरद भेषवाकरले ९५ बलमा सर्वाधिक ८१ रन जोडे । यस्तै ज्ञानेन्द्र मल्लले ५४, पारस खड्का र सोमपाल कामीले समान २०-२०, दीलीप नाथले १६, बसन्त रेग्मीले १४ र विनोद भण्डारीले ४ रनको योगदान दिए ।
अंक तालिकामा ९ अंक सहित नेपाल छैटौं र ६ अंक जोडेको युएई आठौं तथा अन्तिम स्थानमा छ ।
प्रकाशित मिति : २०७४ मंसिर २० गते बुधबार









प्रतिक्रिया दिनुहोस्