धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’



धनगढी ।

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले धनगढीमा तीनदिने ‘माघी एक्सचेन्ज उत्सव’ सुरु गरेको छ । बिहीबारदेखि सुरु भएको उत्सव धनगढीको बोराडाडीस्थित गार्स ट्रेडिङमा भोलिसम्म चल्नेछ । उत्सवमा टाटा मोटर्सका अत्याधुनिक विद्युतीय सवारीसाधनहरू टियागो ईभी, कर्भ ईभी, नेक्सन के३ ईभी तथा पञ्च ईभी प्रदर्शन तथा टेष्ट ड्राइभका लागि उपलब्ध गराइनेछ ।

ग्राहकले जुनसुकै मोटरसाइकल वा कार साटेर नयाँ टाटा गाडी लिन सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ । सिप्रदी टाटा मोटर्सका सहायक प्रबन्धक कपिलदेव बोगटीका अनुसार उत्सव अवधिभर ग्राहकले नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफटाइम निःशुल्क फास्ट चार्जिङ, निःशुल्क वार्षिक सवारी कर, निःशुल्क होम चार्जिङ बक्स (जडान सहित) तथा निःशुल्क एक्ससेरिज प्राप्त गर्नेछन् ।

उत्सवको सहकार्य के.बी. मोटर्ससँग गरिएको छ । के.बी. मोटर्सका सञ्चालक विक्रम ऐरले धनगढी तथा आसपासका ग्राहकलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको बताउँदै विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई ध्यानमा राखिएको जानकारी दिए ।

माघी पर्वको अवसरमा आयोजना गरिएको यस एक्सचेन्ज उत्सवले ग्राहकलाई आधुनिक, किफायती तथा वातावरणमैत्री सवारीसाधन छनोट गर्न सहज बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ । ग्राहकहरूले धनगढीस्थित गार्स ट्रेडिङमा पुगेर टाटा मोटर्सका नयाँ डिजाइन र प्रविधियुक्त सवारी साधनको अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार