स्पेनिस कोपा डेल रेको अन्तिम १६ बाटै रियल मड्रिड बाहिरियो



दोस्रो डिभिजनको क्लब अल्बासेट बालोम्पिएसँग ३–२ ले पराजित हुँदै रियल मड्रिड स्पेनिस कोपा डेल रेको अन्तिम १६ बाटै बाहिरिएको छ ।

बुधबार कार्लोस बेलमोन्टे रंगशालामा घरेलु टोली अल्बासेटलाई जित दिलाउन जेफ्टे बेटानकोरले दुई र जाभी भिल्लर एक गोल गरे । रियलका लागि फ्रान्को मास्टान्टुओनो र गोन्जालो गार्सियाले एक–एक गोल गरे ।

खेलको ४२औँ मिनेटमा भिल्लरको गोलमार्फत अल्बासेटले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा मास्टान्टुओनोले रियलका लागि बराबरी गोल फर्काए ।

बेटानकोरले ८२औँ मिनेटमा गोल गर्दा अल्बासेट २–१ ले अगाडि बढ्यो । खेलको इन्जुरी समयमा गर्सियाले खेललाई २–२ को स्थितीमा ल्याए । इन्जुरी समयमै बेटानकोरले व्यक्तिगत दोस्रो गोल गर्दै अल्बासेटलाई रोमाञ्चक जित दिलाए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार