
काठमाडौं, १९ मंसिर – प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि गएरातीदेखि मौन अवधि सुरु भएको छ । मौनअवधि सुरु भएपछि कुनै पनि माध्यमबाट मत माग्न नमिल्ने निर्वाचन आयोगले जनाएको छ ।
मतदाता आफ्नो पक्षमा पार्न उम्मेदवारहरुले हिजो अन्तिम चुनावी प्रचार प्रसार गरेका छन् । मौन अवधिमा राजनीतिक दल, उम्मेद्वार र दलका कार्यकर्ताले कुनैपनि माध्यमबाट भोट माग्न पाउने छैनन् । मौनअवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न तथा निर्वाचन प्रचारसम्बन्धि कुनै गतिविधि गर्न पाइने छैन् ।
यस्तै, मौन अवधि शुरु हुनुभन्दा अगाडी नै मतदान केन्द्रको ३०० मिटर वरिपरि रहेका प्रचार सामग्री पनि सम्बन्धित उम्मेदवारहरुले हटाउनुपर्ने निर्वाचन आचारसंहितमा उल्लेख छ । मौन अवधिमा एसएमएस, सामाजिक सञ्जाल, विद्युतीय माध्यममार्फत समेत मत माग्न र कुनैपनि प्रकारका निर्वाचन प्रचार–प्रसार गर्न नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।
संचारमाध्यमहरुले पनि कुनै उम्मेदवार र दलको प्रचार तथा प्रचारजन्य सामाग्री प्रकाशन तथा प्रशारण गर्न पनि पाउँदैनन । यसैबिच निर्वाचन आयोगले मौन अवधिमा प्रचार तथा आचारसंहित विपरीतका काम गरेको भेटिएमा उम्मेदवारी खारेजसमेत हुन सक्ने चेतावनी दिएको छ ।









प्रतिक्रिया दिनुहोस्