सङ्खुवासभा ।
सङ्खुवासभाको जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्का नाकास्थित नेपाल–चीन सिमानामा रहेका सीमास्तम्भको निरीक्षण गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुरअन्तर्गतको सीमा सुरक्षा पोष्ट बिओपी किमाथाङ्का बिओपी, चिनीयाँ प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाकामा रहेको नेपाल–चीन सिमानामा सीमास्तम्भको निरीक्षण गरेको हो ।
उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्का नाकामा चीनको स्वशासित क्षेत्र तिब्बत्सँगको सिमानापर्ने नेपाल–चीन सिमानाका चारवटा सीमास्तम्भ निरीक्षण गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट बिओपी किमाथाङ्का, चिनीयाँ प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ अन्तर्गत रहेका चारवटा सीमास्तम्भको निरीक्षण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेलले जानकारी दिए ।
संयुक्त सुरक्षा टोलीले किमाथाङ्का नाकामा रहेका ६७, ६८÷२, ६९÷१ र ६९÷२ नम्बरको सीमास्तम्भ र सीमाको अवस्था लगायतका विषयमा निरीक्षण गरेको सशस्त्र प्रहरी बल नेपाल नंम्बर ४ अरुण गुल्म चैनपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक पौडेलले बताए । संयुक्त टोलीले इलाकाको बस्तुस्थिति तथा सीमा चिन्हको अवस्थासमेत निरीक्षण गरेको छ ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट बिओपी किमाथाङ्का इन्चार्ज नवीन खतिवडा नेतृत्वमा ११ जना, चीनको स्वशासित क्षेत्र तिब्बतका प्रहरी नायब उपरीक्षक दावा छिरिङको कमाण्डमा सातजना र नेपाल प्रहरीका पाँचजनाको संयुक्त टोलीले विभिन्न सीमास्तम्भको निरीक्षण गरेको छ । भोटखोला गाउँपालिकाका– १, २ र ३ सिधै चीनको भू–भागसँग जोडिएका छन् ।
सङ्खुवासभा जिल्लामा २१ वटा सीमास्तम्भ रहेका छन् । किमाथाङ्कामा नेपाल–चीनअन्तरराष्ट्रिय सीमास्तम्भ निक्कै पुरानो भएको बताइएको छ। गत जेठमा आएको बाढीले ७१÷१ को सीमास्तम्भ बगाएर बेपत्ता बनाएको छ । किमाथाङ्का नाकामा २०७६ मा सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट बिओपी स्थापना भएको हो ।
भोटखोला–१ स्थित दोङ्गोप्पाखोला र छोकाङ खोलामा बाढीले बगाएको ७१÷१ सिमास्तम्भ हालसम्म फेला परेको छैन । भोटखोला गाउँपालिका–१, २ र ३ छिमेकी चीनको भू–भागसँग जोडिएका छन् । यस क्षेत्रमा करिब पाँच हजारको बसोबास रहेको छ भने यहाँ आलु र कोदो मात्र उत्पादन हुँदै आएको छ । किमाथाङ्कावासी सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर जीविका चलाउँदै आएका छन् । खाँदबारीदेखि किमाथाङ्का एक सय ६२ किलोमिटरको दूरीमा पर्दछ ।









प्रतिक्रिया दिनुहोस्