नेपालगन्ज, १५ मंसिर/ नेपालगन्जका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न प्रकारका विद्युतिय सामाग्रीहरु बनाएर नेपालगन्जमा प्रदर्शनी गरेका छन् ।
आधुनिक जमानासंगै युवाहरुको टिमले समयको बचत गर्ने बानी बसान्नका लागि उनीहरुले बनाएका सामाग्री प्रदर्शन गरेका छन् अभिभावकले विद्यालयमा आफ्नो छोरा छोरी पुग्यो कि पुगेन, सुतेरै बत्ति खोल्न, बन्द गर्न तथा ड्राइभरले गाडी सही चलाएको छ कि छैन थाहा पाउने लगायत सोलार पावरले विद्युत खपत जस्ता प्रकारका विद्युतिय उपकरणहरु बनाएको टिमका प्रमुख विमल कुमार यादवले बताए ।
आरजी डिजिटल नेपाल र एन काइचो ग्रुप नामक नामाकरण गरी उनीहरुले आफ्नै कोठामा विभिन्न प्रकारका उपकरण बनाउदै समय समयमा प्रदर्शन गर्ने गरेका हुन् । बाँके, बर्दिया, कैलाली र जाजरकोटका करिव ५० जना युवाहरुले पढाई सँगसँगै विभिन्न किसिमका विद्युतिय सामाग्री निर्माण गरी देशलाई वेरोजगार मुक्त बनाउने अभियानमा लागेको उनीहरुले बताएका छन् ।
प्राविधिक विषय लिएर पढेका विद्यार्थीहरु विद्युतमा नाम निकालेर मात्र काम पाउने प्रवृत्तिलाई चिर्न यस्तो अभियानमा लागेको यादवको भनाइ छ ।
देश विकासका लागि युवा अपरिहार्य रहेको भन्दै युवाले नै गरे देश बन्छ भन्दै यादवले राज्यले केही गरे आफुहरु जुझारु तरिकाले लाग्ने सुझाव दिए । शुक्रबार नेपालगन्जमा गरिएको विज्ञान प्रदर्शनीमा ड्राइभरले निदाएको छ भने पनि यात्रुले थाहा पाउने सिस्टम तथा गाडी अनियन्त्रित भएको थाहा पाउने जस्ता प्रविधिहरु प्रदर्शन गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्