बेलायती राजकुमार ह्यारीको बिहे अमेरिकी नायिका मेघानसँग पक्का



राजकुमार ह्यारी र मेघान सन् २०१६ देखि डेट गर्नुभएको थियो । उहाँहरुले एक महिनाअघि मात्रै इन्गेजमेन्ट गर्नुभएको थियो । राजकुमार ह्यारीको इन्गेजमेन्टबारे बेलायती महारानी र नजिकका केही मान्छेलाई मात्र थाहा थियो ।

विवाहका अन्य तालिकाबारे पछि जानकारी गराइने बताइएको छ । केन्सिङ्टन दरबारले मेघान माक्र्लेका बुवाआमालाई सुभेच्छा दिएको छ । ह्यारीका दाजुभाउजू राजकुमार विलियम र क्याथरिनले पनि राजकुमार ह्यारी र मेघानको विवाहको खबर सार्वजनिक गर्न पाउँदा निकै खुसी भएको बताउनुभएको छ । –Ujyaalo

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १५ गते शुक्रबार