बाँसगढी (बर्दिया) ।
चौथो बाँसगढी नगरपालिका वडास्तरीय महिला तथा पुरुष खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । नगर खेलकुद विकास समिति बाँसगढीको आयोजनामा मंसिर ५ गतेबाट सुरु भएको प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा पुरुषतर्फको फुटबल प्रतियोगिताको फाइलनमा वडा नम्बर ९ लाई पराजित गर्दै वडा नम्बर ६ ले उपाधि जितेको छ ।
पुरुष भलिबलमा वडा नम्बर २ लाई पराजित गर्दै वडा नम्बर ३ ले उपाधि जितेको छ । महिला फुटबलतर्फ मोतिपुरलाई पराजित गर्दै देउढाकलाले उपाधि जित्न सफल भएको हो । भलिबलमा समेत बेलवालाई पराजित गर्दै देउढाकलाले उपाधि जितेको हो । पुरुष कबड्डीतर्फ मोतिपुर र देउढाकला फाइनल प्रवेश गरेका थिए । फाइनलमा देउढाकला विजयी भएको छ ।
महिलातर्फ बेलवालाई हराउँदै देउढकलाले विजयी प्राप्त गरेको हो । प्रतियोगितामा वडास्तरीय प्रतियोगिताका विजेताले नगद २५ हजारसहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् । साविक गाविसस्तरीय प्रतियोगिताका विजेताले भने १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन् ।
प्रतियोगिताको समापन सत्रमा नगरप्रमुख खड्कबहादुर खड्काले विजेता टोलीलाई पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा पुरुष फुटबल प्रतियोगितामा ९ वटा टिम, महिला फुटबलतर्फ ३ वटा टिम, पुरुष भलिबलर्फ ९ वटा र महिला भलिबलतर्फ ३ वटा टिमले सहभागिता जनाएका थिए । ३ सय ५० भन्दा बढी खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए । नगर खेलकुद विकास समितिको आयोजनामा विगत चार वर्षदेखि हरेक वर्ष प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।









प्रतिक्रिया दिनुहोस्