भोली शुक्रबार सार्वजनिक बिदा



कोहलपुर, १४ मंसिर/  गृहमन्त्रालयले भोलि मंसिर १५ गते शुक्रबार सार्वजनिक बिदाको घोषणा गरेको छ । गृहमन्त्रालयले बिहीबार साँझ एक सुचना जारी गर्दै मंसिर १५ गते शुक्रबार सार्वजनिक बिदा घोषणा गरेको हो ।

गृह मन्त्रालयले जारी गरेको सुचनामा हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिन (बाह्र रव्विउल) को अबसरमा सार्वजनिक बिदा घोषणा गरेको जनाएको छ ।

त्यसैगरी पौष १० गते क्रिसमस डेमा पनि नेपाल राज्यभरका सबै सरकारी कार्यलयहरू एवं बिदेश स्थित नेपाली नियोगहरू समेत सार्वजनिक बिदा दिइने सुचनामा जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १४ गते बिहीबार