बाँसगढी (बर्दिया) ।
जिल्लाको बाँसगढी नगरपालिकामा आजदेखि चौथो बाँसगढी नगरपालिका वडास्तरीय महिला तथा पुरुष खेलकुद प्रतियोगिता सुरु हुँदैछ ।नगर खेलकुद विकास समिति बाँसगढीको आयोजनामा प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिताको आज विहान ११ बजे बाँसगढी नगरपालिकाका नगरप्रमुख खड्कबहादुर खड्काले एक भव्य समारोहका बीच वडा नम्बर ४ स्थित मगरपुर कवर्डहलमा प्रतियोगिताको उद्घाटन गर्दैछन् ।
बाँसगढी नगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुन लागेको प्रतियोगितामा महिला तथा पुरुष फुटबल,भलिबल र कबड्डी प्रतियोगिता सञ्चालन हुँदैछन् । प्रतियोगितामा पुरुष फुटबल प्रतियोगितामा ९ वटा टिम, महिला फुटबलतर्फ ३ वटा टिम, पुरुष भलिबलर्फ ९ वटा र महिला भलिबलतर्फ ३ वटा टिमले सहभागिता जनाउँदैछन् ।
यस्तै महिला तथा कबड्डी टिमको सहभागिता रहेको नगर खेलकुद विकास समितिका सदस्य सचिव छत्र बहादुर शाहीले बताए । उनका अनुसार प्रतियोगितामा साढे ३ सय भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगितामा नगरपालिकाका ९ वडा र साविक ३ गाविसका गरी महिला÷पुरुष फुटबल, भलिबल र कबड्डीका ३६ वटा टिमको सहभागिता रहने वडा नम्बर ४ का अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । चौथो बाँसगढी नगरपालिका वडास्तरीय महिला तथा पुरुष खेलकुद प्रतियोगिता मंसिर ८ गतेसम्म सञ्चालन हुनेछ ।









प्रतिक्रिया दिनुहोस्