चक्रे मिलन निकट छन् विद्या भण्डारीको घरमा आगजनी गर्ने सोनाम



काठमाडौँ ।

पूर्वराष्ट्रपति विद्या भण्डारीको घरमा आगजनी गरेको भनी केही दिनअघि पक्राउ परेका सोनाम थेबे ‘चक्रे मिलन’ भनिने मिलन गुरूङ निकट रहेको खुलेको छ। प्रहरीले पूर्वराष्ट्रपति भण्डारीसहित अन्य व्यक्तिहरूको घरमा आगजनी गरेको आरोपमा थेबेलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

उनी आपराधिक पृष्ठभूमि रहेका चक्रे मिलनसँग नजिकको मानिस रहेको प्रहरी स्रोतले बतायो। ‘पहिलेको गुण्डा नै हुन्। चक्रे मिलनको एकदमै नजिकैको मानिस हो,’ उनले भने, ‘आपराधिक पृष्ठभूमिका विवरणहरू निकाल्न पाइसकेका छैनौं।’

उनी नेकपा एमाले निकट रहेको पनि स्रोत बताउँछ। एमालेको भ्रातृ संगठन युवा संघले भने उनी कुनै पनि तहको जिम्मेवारीमा संलग्न नरहेको बताएको छ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक ५ गते बुधबार