अनलाइन प्रणालीमार्फत नागरिकता वितरण सुरू



जाजरकोट ।

जाजरकोटमा पहिलोपटक अनलाइन प्रणालीमार्फत नागरिकता वितरण कार्य सुरू गरिएको छ । भेरी नगरपालिका–६ का सेवाग्राहीले सोमबार अनलाइन प्रणाली प्रयोग गरी नागरिकता प्राप्त गरेका हुन् । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार अनलाइन प्रणाली सुरू भएपछि सेवाग्राहीले आवश्यक कागजातका लागि पटक–पटक कार्यालय धाउनु नपर्ने र समय तथा खर्च दुवै बचत हुने भएको छ ।

उनकाअनुसार भेरी नगरपालिका–६ बाट प्रारम्भ गरिएको अनलाइन वितरण प्रणालीलाई क्रमशः जिल्लाका अन्य पालिकाका सबै वडासम्म विस्तार गर्ने तयारी भइरहेको छ । प्रजिअ पौडेलले भने, ‘अब नागरिकता लिनका लागि लामो समय कुर्नुपर्ने अवस्था हट्नेछ, अनलाइन प्रणालीले प्रशासनिक कामलाई सहज र छरितो बनाउनेछ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २८ गते मंगलबार