कोदोखेती गर्ने किसान घट्दै



जुम्ला ।

जिल्लामा पछिल्लो समय कोदोखेतीप्रति किसानको आकर्षण घटेको छ । बजारमा कोदोको पिठोको माग उच्च भए पनि खेती गर्नेको सङ्ख्या बिस्तारै घट्ने क्रममा रहेको तिला गाउँपालिका–१ का स्थानीय पदम बुढाले जानकारी दिए । कोदोको उत्पादन वृद्धि, खेती विस्तार तथा उपभोगलाई बढाउने लक्ष्यसहित यहाँका स्थानीय तहको ध्यान जान सकेको छैन ।

लोपउन्मुख बनेको कोदोेखेतीलाई प्रवद्र्धन गर्न सम्बन्धित निकायको कुनै चासो नगएको बुढाको भनाइ छ । यहाँका गाउँघरमा कोदोखेतीतर्फ किसानको आकर्षण बढेको छैन । तरकारी र नगदेबालीमा किसानले महत्व दिएर खेती गरिरहेका छन् । कोदोखेतीमा किसान आकर्षित हुन सकेका छैनन् । विशेषगरी यहाँको तिला, हिमा, सिञ्जा, पातारासी र तातोपानी गाउँपालिकाका किसानले कोदोखेती गर्न थालेका छन् ।

स्वास्थ्यका दृष्टिले लाभदायी मात्र नभइ राम्रो मूल्य पाइने भएकाले किसान यसतर्फ आकर्षित हुन नसक्नु यो राम्रो पक्ष होइन जुम्ला सदरमुकाम खलङ्गा बजार जैविक पसल सञ्चालनमा ल्याएका स्थानीय व्यापारी अर्जुन बुढाले बताए । अहिले कोदोको पिठो प्रतिकिलो रु दुई २०० ले बिक्री हुने गरेको छ । कोदोको पिठो विशेषगरी आन्तरिक पर्यटकको रोजाइमा पर्न गएको छ । बजारमा अत्यधिक माग हुने गरेको स्थानीय व्यापारी बुढाको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २१ गते मंगलबार