कविन्द्र परियार : कोहलपुर १२ मसिंर/ गत कार्तिक ७ गते राती कोहलपुर नगरपालिका –११ गोलपार्क टोलका १३ वटा पानी मापन मिटर चोरी भए । त्यसको केही समय पछि सोही स्थानमा पानी तान्ने मोटर र एउटा साईकिल पनि चोरी भयो ।
त्यसपछि मसिर ६ गते गोलपार्क नजिकै एक घरमा खेलिरहेका दुई बालकलाई बोलाएर अटो रिक्सामा राखी ज्ञानोदय सामुदायिक पुस्तकालय पछाडिको झाडीमा लगेर कानका सुन निकालेर छोडिएको अवस्थामा बालकहरु भेटिए ।
मसिंर ७ गते कोहलपुर नपाको एनटीभि रोडमा रहेको एक नास्ता पसलबाट ढोका फोेडेर ग्यास सहितको सिलिन्डर चोरी भयो । त्यस्तै सोमबार राती कोहलपुरको न्युरोड स्थित एक मोवाईल पसलमा लगाइएको ताला फोडेर चोर्ने प्रयास भएको र पसलको भित्र पनि ताल्चा लगाएको हुनाले चोरले कुनै समान नचोरी सो क्षेत्रमा रहेका अन्य पसलहरुलाई समेत तारले जेलेर छोडेपछि पसलेहरुले तार पन्छाएर पसल खोले ।
यी त केही प्रतिनिधिमुलक घटनाहरु मात्र हुन । पछिल्लो समयमा साना ठुला गरी, कोहलपुरमा थुपै चोरीका घटनाहरु बढिरहेका छन । कोहलपुर साना शहरी खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाका प्राविधिक शाखा प्रमुख हरी प्रसाद शर्माले कोहलपुर क्षेत्रमा खानेपानीका ५० भन्दा बढी मिटरहरु चोरी भएको बताए ।
दिनभर कहाँ –कहाँ मिटरहरु छन भनी नक्कली कबाडी बनेर आउने र रातको समयमा चोर्ने गरेको हुने सक्ने शर्माको भनाई रहेको छ ।
कोहलपुर नपा– ११ गोलपार्ककी पवित्रा सापकोटाले खानेपानी संस्थाले घर भित्र पानीको मिटर जोड्न नदिएका कारण र मिटरहरु चोरी भईरहेको बताईन ।
घर भित्र खानेपानी संस्थाले मिटर जोड्न दिदैन ,बाहिर जोड्यो भने प्रहरीले सुरक्षा दिदैन, उनले भनिन् । त्यस्तै सोही स्थानकी कमला के.सीले यस्ता घटनाहरुलाई नियन्त्रण गर्न प्रहरीले प्रभावकारी कदम चाल्नुपर्ने बताईन् ।
त्यस्तै एनटिभी रोडका बलराम बास्तोलाले सुरक्षा निकायबाट प्रभावकारी सुरक्षा भएमा चोरीका घटनाहरु कमी आउन सक्ने बताए । यता कोहलपुर ईलाका प्रहरी कार्यालय प्रमु्ख यज्ञ प्रसाद भट्टराईले कोहलपुरमा भइरहेका चोरीका घटनाहरु नियन्त्रण गर्न पेटो«ल गस्ती, चेकजाँच तथा २४ सै घण्टा गस्ती गरिरहेको बताए । पहिले त मानिसहरु आफै सचेत हुनु पर्छ । सके सम्म हामीले चोरलाई चोर्ने अवसर नदिने हो , उनले भने ।









प्रतिक्रिया दिनुहोस्