नेपालगञ्जर, ११ मंसिर/ चुनावको मुखमा प्रहरीले बाँकेमा तीन थान हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा डुडुवा गाउँपालिका–६, बल्दीपुर्वाबाट बन्दुक र कटुवा पेस्तोल सहित १ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बहराईच रुपईडिहा केवलपुर ग्रामका ५३ बर्षिय पर्शुराम पासी र डुडुवा गाउँपालिका–६ का ५० वर्षिय राजेन्द्र कुमार लोनियाले ल्याउँर्दै गरेको हतियार बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।
भारतबाट नेपाल आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा लोनिया फरार भएको र भारतीय नागरिक पासीको साथबाट दुई थान कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने १ थान खोका नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर तामाङ्गले जानकारी दिए ।
उपरीक्षक तामाङ्गकाअनुसार राजेन्द्र कुमार लोनियाको घर खानतलास गर्ने क्रममा निजको घरबाट १ थान लोड भएको भरुवा बन्दुक समेत फेला पारी बरामद भएको छ । फरार गोडियाको खोजतलासका लागि प्रहरी परिचालन गरिएको बाँके प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्