एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डमा नासा सेक्युरिटीजको सहकार्य



काठमाडौँ ।

नेपाली खेलकुद क्षेत्रको सर्वाधिक प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको २३औँ संस्करणका लागि नासा सेक्युरिटीज कम्पनी लिमिटेडको सहकार्यले निरन्तरता पाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र नासा सेक्युरिटीजबीच भएको सम्झौताअनुसार कम्पनी यस वर्ष पनि अवार्डको ‘स्टक ब्रोकरेज पार्टनर’ बनेको छ ।

सम्झौतापत्रमा मञ्चका महासचिव अञ्जन खड्का र नासा सेक्युरिटीजका अध्यक्ष मदन पौड्यालले हस्ताक्षर गरेका छन् । भदौ १८ गते काठमाडौँमा आयोजना हुने स्पोट्र्स अवार्डमा नासा सेक्युरिटीजले सहप्रायोजन गर्नेछ भने मञ्चले कम्पनीलाई आधिकारिक स्टक ब्रोकरेज पार्टनरका रूपमा प्रवद्र्धन गर्नेछ ।

यस वर्षको पिपुल्स च्वाइस अवार्डका लागि फुटबलकी पूजा राना, एमएमएका रविन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मिना सुनार र करातेकी सानु माया थिङ मनोनयनमा परेका छन् । उनीहरूका लागि खल्ती वालेट, एनएसजेएफ स्पोट्र्स अवार्डको फेसबुक पेज र पल्सर नेपालको फेसबुक पेजमार्फत मतदान गर्न सकिनेछ ।
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८२ मा उत्कृष्ट पुरुष र महिला खेलाडी, युवा खेलाडी, प्रशिक्षक, पिपुल्स च्वाइस, लाइफटाइम अचिभमेन्ट, स्पेसल अवार्ड, पारा एथ्लिट अनर तथा एसियन स्पोट्र्स जर्नलिस्ट अवार्ड गरी नौ विधामा सम्मान प्रदान गरिनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ ९ गते मंगलबार