कोहलपुरमा सरसफाई कार्यक्रम सम्पन्न



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुरमा सरसरफाई कार्यक्रम सम्पन्न भएको छ । कोहलपुरमा क्रियाशील आधा दर्जन बढी संघ संस्थाहरूको आयोजनामा कोहलपुरमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो । पर्यावरण संरक्षण अभियान अन्तर्गत ‘स्वच्छ कोहलपुर, सुन्दर कोहलपुर अभियानमा हाम्रो साथ’ भन्ने नारासहित कोहलपुरमा विभिन्न संघ संस्थाहरूको आपसी सहकार्यमा शनिबार सरसफाई गरिएको थियो ।

कोहलपुर नगरपालिका, इलाका प्रहरी कार्यालय कोहलपुर, कोहलपुर नगर प्रहरी, ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, बेटर बाँके, रोटरी क्लब अफ सेन्ट्रल बाँके, इन्टरयाक्ट क्लब अफ सेन्ट्रल बाँके र कोहलपुर–११ तथा टोल विकास संस्थाहरूको सहभागितामा पुरानो बसपार्क क्षेत्रमा सरसफाई गरिएको हो ।

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका उपाध्यक्ष तथा सरसफाई कार्यक्रमका संयोजक निर्मल आचार्यले संयुक्त सरसफाईसँगै केन्द्रले मासिक रूपमा आयोजना गर्दै आएको अभियान पुनः सुरु भएको बताए । केन्द्रले यसअघि हरेक महिनाको अन्तिम शनिबार नियमित रूपमा सरसफाई अभियान सञ्चालन गर्दै आएको थियो ।

आगामी दिनमा पनि केन्द्रको अगुवाईमा उक्त अभियानलाई निरन्तरता दिइने उनले बताए । ‘सार्वजनिकस्थलको स्वच्छता कायम गर्ने हाम्रो अभियान हो । वातावरण संरक्षणमा योगदान पु¥याउने तथा स्थानीय समुदायमा सरसफाई आवश्यक छ । वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान थालिएको हो’, उपाध्यक्ष आचार्यले भने ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतबार