काठमाडौँ ।
नबील बैंकले आर्थिक वर्ष २०८२–०८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै निष्क्रिय कर्जामा उल्लेख्य सुधारसँगै नाफा र अधिकांश वित्तीय सूचकमा उल्लेखनीय प्रगति हासिल गरेको छ । बैंकको विवरणअनुसार गत आर्थिक वर्षमा कÒल कर्जा १२.५२ प्रतिशतले वृद्धि भएर ४ खर्ब ८७ अर्ब रूपैयाँ पुगेको छ भने निक्षेप ६ खर्ब रूपैयाँ पुगेको छ । वाणिज्य बैंकहरूको कÒल कर्जामध्ये नबीलको बजार हिस्सा ९ प्रतिशतभन्दा माथि पुगेको बैंकले जनाएको छ । कर्जा विस्तारसँगै बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ ।
आर्थिक वर्ष २०८२–०८३ मा खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ४.२ प्रतिशतले बढेर १७ अर्ब रूपैयाँ नाघेको छ । ब्याज तथा गैरब्याज आम्दानीमा भएको सुधारका कारण कÒल सञ्चालन आम्दानी ६.३ प्रतिशतले वृद्धि भई २२ अर्ब रूपैयाँभन्दा माथि पुगेको छ । बैंकको निष्क्रिय कर्जा (एनपिएल) मा उल्लेखनीय सुधार देखिएको छ । कÒल निष्क्रिय कर्जा अनुपात अघिल्लो वर्षको तुलनामा ०.२८ प्रतिशत बिन्दुले घटेर ४.२० प्रतिशतमा झरेको छ भने खुद निष्क्रिय कर्जा अनुपात ०.५८ प्रतिशत रहेको छ ।
साथै, कर्जा नोक्सानी व्यवस्था कÒल निष्क्रिय कर्जाको करिब ११९ प्रतिशत पुगेको छ, जसले सम्भावित जोखिम व्यवस्थापनका लागि पर्याप्त प्रोभिजनिङ गरिएको संकेत गर्छ । निष्क्रिय कर्जा सुधारसँगै कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम घटेकाले बैंकको नाफामा सकारात्मक प्रभाव परेको देखिन्छ । वित्तीय सूचकमा आएको सुधारसँगै बैंकको सञ्चालन मुनाफा २५ प्रतिशतले बढेर ११ अर्ब ५६ करोड रूपैयाँ पुगेको छ ।
यस्तै, खुद मुनाफा अघिल्लो वर्षको तुलनामा ३३.५ प्रतिशतले बढेर ७ अर्ब ९० करोड रूपैयाँ पुगेको छ । बैंकको प्रति सेयर आम्दानी (इपिएस) २८ रूपैयाँ ३६ पैसा कायम भएको छ । लाभांश वितरण क्षमतामा समेत उल्लेखनीय सुधार देखिएको छ । वितरणयोग्य मुनाफा ३४ प्रतिशतले बढेर ५ अर्ब १६ करोड रूपैयाँ पुगेको छ भने प्रति सेयर वितरणयोग्य मुनाफा १९ रूपैयाँ १० पैसा रहेको छ ।
यो रकम गत वर्ष जारी गरिएको अग्राधिकार सेयरको लाभांश विनियोजनपछि बाँकी रहेको वितरणयोग्य मुनाफा हो ।बैंकको समग्र वासलातको आकार पनि विस्तार भएको छ । आर्थिक वर्षको अन्त्यसम्म बैंकको कÒल वासलात १५ प्रतिशतले बढेर ७ खर्ब ३४ अर्ब रूपैयाँ नाघेको छ । पुँजी पर्याप्तता अनुपात, सम्पत्तिमा प्रतिफल तथा पुँजीमा प्रतिफल लगायतका सूचकमा समेत सुधार देखिएको बैंकले जनाएको छ । समग्र आर्थिक तथा वित्तीय क्षेत्रमा चुनौती कायम रहे पनि संस्थागत सुशासन, जोखिम व्यवस्थापन र कर्जा गुणस्तरमा सुधार कायम राख्दै नबील बैंकले आफ्नो वित्तीय अवस्था थप सुदृढ बनाएको वित्तीय विवरणले देखाएको छ ।









प्रतिक्रिया दिनुहोस्