पीएम कप एनभीए महिला भलिबल लिगको फाइनलनजिक न्यु डायमन्ड



काठमाडौं ।

न्यु डायमन्ड स्पोर्ट्स क्लबले पीएम कप एनभीए महिला भलिबल लिगमा आफ्नो अपराजित यात्रालाई चौथो खेलसम्म कायम राखेको छ । न्यु डायमन्डले फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । टोली १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

मंगलबार (वैशाख १५) त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा चौथो जित निकाल्ने क्रममा न्यु डायमन्डले विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ को सेटमा हरायो ।

एपीएफले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट भने २०–२५ ले गुमायो । त्यसपछिका दुई सेटमा क्रमशः २५–१८, २५–२१ को जित निकाल्दै न्यु डायमन्डले अपराजित यात्रा जारी राख्यो ।

न्यु डायमन्डले यसअघि सुदूरपश्चिम प्रदेश, एभरेस्ट भलिबल क्लब र विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई हराएको थियो ।  मंगलबारै सम्पन्न महिलातर्फको अर्को स्पर्धामा आर्मीले सुदूरपश्चिममाथि सोझो सेटमा जित निकाल्यो । आर्मीले पहिलो, दोस्रो र तेस्रो सेट क्रमशः २५–१५, २५–१५ र २५–५ ले आफ्नो पक्षमा पारेको हो ।

जारी प्रतियोगितामा आर्मीको यो पहिलो जित हो । आर्मी यसअघि नै फाइनलमा छनोट हुनबाट बाहिरिइसकेको छ । आर्मीले यसअघि एपीएफ, न्यु डायमन्ड र नेपाल पुलिस क्लबसँग हार व्यहोरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १५ गते मंगलबार