चितवन : यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तीन देशका विशेषज्ञ चिकित्सकहरूको सहभागितामा ‘पाँचौ क्यान्सर कन्फ्रेन्स’ आयोजना गरिएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आज यहाँ आयोजना गरेको एक दिवसीय ‘कन्फ्रेन्स’मा नेपाल, भारत र चीनका विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले जानकारी दिए ।

त्यस क्रममा क्यान्सर उपचारको नवीनतम प्रविधि, औषधि र उपचार प्रक्रियाबारे छलफल हुनुका साथै भारतका दुई र चीनका एकसहित ३० वटा कार्यपत्र प्रस्तुत गरिएको उनले बताए । अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार पाँच वर्ष अघिबाट हरेक वर्ष अस्पतालले यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ ।
अस्पताल स्थापना दिवस (असोज १०) का अवसरमा आयोजना हुने यो कार्यक्रम यस वर्ष जेनजी आन्दोलनका कारण ढिला भएको उनले बताए । कार्यक्रममा नेपालका विभिन्न अस्पतालबाट समेत गरी विशेषज्ञ चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायत दुई सय जनाको सहभागिता रहेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्