काठमाडौँ।
नयाँ वर्ष २०८३ को अवसर पार्दै सीजीले ‘एक्स्पिरेन्स लाइफ विथ सीजी’ अभियान सार्वजनिक गरेको छ । यो अभियानले नेपाली उपभोक्ताको बदलिँदो जीवनशैली, प्रविधिप्रतिको झुकाव र प्रिमियम अनुभवतर्फको संक्रमणलाई समेट्ने दीर्घकालीन रणनीतिक प्रयासको संकेत गर्छ ।
गत वर्षको ‘लेभल अप’ अभियानमार्फत कम्पनीले एआई टीभी, एआई एयर फ्रायरजस्ता उत्पादन ल्याउँदै बजारमा ‘अपग्रेडेड जीवनशैली’को अवधारणा स्थापित गरेको थियो ।
अभियानको मुख्य नारा ‘भरोसा नेपालीको, उत्सव नयाँ वर्षको’ले भावनात्मक ब्रान्डिङ र उपभोक्ता सम्बन्ध सुदृढीकरणलाई प्राथमिकता दिएको छ । उपहार योजना, क्यासब्याक र बम्पर लक्की ‘ड्र’जस्ता स्किम तत्काल आकर्षणका माध्यम हुन् ।
यसको गहिरो अर्थ भने ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्नु हो । क्यूआर कोडमार्फत ग्राहक सहभागिता बढाउने प्रयासले डिजिटल इकोसिस्टमतर्फ ब्रान्डको झुकाव पनि स्पष्ट पार्छ ।









प्रतिक्रिया दिनुहोस्