कथाः निश्चय



लीलाराज दाहाल

आज मलाई किन किन त्यो सानो छोराको याद आइरहेको छ ्र छोरीहरुको याद आइरहेको छ ्र मनको आकाशभरि वेदनाको बादल मडारिई रहेको छ, त्यसैले त मेरो अनुहारमा तृप्तताको दियो बल्न सकिरहेको छैन, मनमनै सोच्छु – म कसरी यति धेरै निष्ठुरी हुन सकें त्यस बेला ्र ती प्राण भन्दा प्यारा छोराछोरी त्यति टाढा घरमा छोडेर म कसरी यहाँ आउन सकेकी हुँ रु अनि यत्रो लामो समयदेखि म यहाँ एक्लै कसरी टिकेकी छु, म कस्ती आमा भएँ रु मैले कति सजिलै स्नेहको डोरी चुँडाएर छोराछोरीसंग टाढा हुन सकें, मनमा के गरूँ कसो गरूँको भाव प्रकट हुन्छ र ह्रदयभरि पीडाका काँडा उम्रन थाल्छन्, ज्यान यहाँ भए पनि मन त उतै छ आफ्नै गाउँमा , आफ्नै देशमा, अरु दिन भन्दा आज निकै नै विह्वल भएकी छु आफ्नै नियति सम्झेर, धनको कस्तो लालसा , सम्पतिको कत्रो भोक लागेको थियो मलाई, त्येसैले त सबैलाई चटक्कै बिर्सेर यहाँ आएँ सात समुन्द्र पारी धन सोहोर्नलाई, अल्कोहलले खाइसकेको ख्याउटे अनुहार र दुब्लो शरीरका साथ पति सपनामा आउनुहुन्छ र सोध्नुहुन्छ – “ सन्चै छौ रु कस्तो छ त्यहाँ ?” यहाँ कस्तो छ भनूँ र खै, धेरै धन कमाउने हौसलाको नदी तरेर यहाँ आएँ र डुबें बिछोडको पोखरीमा, मनमा बेचैनीको हुरी चल्न थाल्छ सबै कुरा उडाउला जस्तो गरी, बिस्तारै समालिन्छु र मन बुझाउंछु, फेरि तुरुन्तै छोराछोरी आउंछन् काखमा बस्न सपना मै ्र सपनामा छोरी आउँछे र बरर्र आँशुका दाना खसालेर भन्छे –“ मम्मी, तपाई कति निष्ठुरी हगि रु तपाइलाई कति चाहिएको धन, हामी भन्दा पनि धन पो ठूलो तपाइलाई रु “ सपनाबाट झल्याँस्स ब्युँझन्छु, छोराछोरी त छैनन् वरिपरि, सपना मै आफ्नो बह पोखेछन् उनीहरुले, म यहाँ आएकी पनि हिजो पुरा एक वर्ष भयो ।

एउटा सिंगै युग बिते जस्तो लाग्न थाल्यो मलाई, बितेको यो एक वर्षमा घरमा कति परिवर्तन भैसक्यो होला, छोराछोरी स्नेहको भोकले दुब्लाए होलान्, नियास्रोपन कति बढ्यो होला उनीहरुमा, पतिको गैरजिम्मेवारीपन अझै बढ्यो होला , उहाँको अल्कोहल यात्रामा रातो बत्ती बाली दिने कसले रु ट्राफिक प्रहरी बिनाको सडक जस्तो अस्तव्यस्त भयो होला जीवन पनि, कतारको दोहा शहर स्थित एउटा अग्लो गगनचुम्बी महल भित्र छु, महल जत्रो अग्लो छैन मेरो चाहना, एउटा सुपर मार्केटमा काम पाउंछु भनेर यहाँ सम्म आएँ, तर अफसोच १ भनेको काम कहाँ पाएँ र १ यहाँ आएपछि पो सात तला माथिबाट खसेको सिसा झैं चकनाचुर भएँ,मलाई यहाँ पठाउने म्यानपावर कम्पनीले त मलाई आश्वासनको चेक मात्रै दिइपठाएको रहेछ जुन चेक यहाँ कतै पनि चलेन, खोटो मोहोर जस्तो चेक लिएर म धेरै दिन भौंतारिएं, बेरोजगारीको भासमा गाडिएर मैले निकै दिन रोएर बिताएँ,बल्लबल्ल काम पाएँ घरेलु नोकर्नीका रुपमा एउटा बुढो मान्छेकोमा ्र चुक अमिलो झैँ अमिलिएको छ मन त्यसै त्यसै, बेदनाको झरीमा रुझ्नु पर्दा मन पनि गल्दो रैछ शरीर जस्तै गरी, यस शहरमा म जस्तै धेरै थरी मान्छेहरु अटाएका छन्,विभिन्न देशबाट आएका विविध भाषा संस्कृतिका मान्छेहरु,तर पनि सबैको अनुहारमा उही बिरानोपन पढिरहेकी छु, उही दिक्दारी देखिरहेकी छु, भौतिक रुपमा त कुनै कुराको कमी छैन तापनि कता कता के केको अभाव खड्कीरहन्छ भित्रैदेखि,लाटो वर्तमानको भद्दा उपस्थितिले मनमा अशुन्दर बिम्ब बनाईरहेको अनुभूति हुन्छ ्र धनको मोह त भंग भैसकेको छ हिजोआज, तेसैको अदृश्य डोरीले बाँधेर मलाई नियतिले यहाँ सम्म ल्याई पुरयायो, म नियतिकै पछिपछि दौडन बिबश एक महिला न हुँ।

उमेरको अन्तिम अवस्था नभएता पनि प्रौढावस्था शुरु भैसकेको तर शारीरिक रुपमा भने अझै सक्रीय एक पुरुषको घरमा सेविकाको नोकरी पाएकी छु ्र नरमाइलो नै लागे पनि मैले अझै केही समय यतै बिताउनु पर्छ भन्ने कुराले मेरो मन पिरोल्दै छ , बिद्रोह गरेर फर्कने इच्छा नपलाएको पनि होइन तर किन किन तेसो गरिहाल्न पनि सकेकी छुइन बुढो मालिकको उपस्थिति मलाई पटक्कै प्रियकर लाग्दैन, के गरूँ, म त घरेलु कामदार हुँ भन्ने बोध हुनासाथ कता कता आफ्नु स्वाभिमानमा ठेस लाग्न पुग्छ, कामतिर पटक्कै मन जान सकिरहेको छैन, मनमा के के कुरा खेलिरहन्छ,कहिले पतिको याद आउंछ कहिले छोराछोरीको, बुढो मालिकको अप्रत्यासित उपस्थितिले मेरो मनलाई नेपालबाट कतार नै फर्काइ सकेको हुन्छ, बुढो अलि दिउसै आयो आज, यो बुढो पनि आजभोलि मलाई देख्नासाथ उदास हुन थालेको छ, उ सबै कुरामा सम्पन्न भए पनि नितान्त एक्लो थियो, एक्लोपनको भारी बोकेर जसोतसो बाँचिरहेको थियो,खुसी हुँदा उ कहिलेकाही म नजिक आउंथ्यो र आफ्नो दुखको भारी विसाउन खोज्थ्यो,म उसको भाषा पुरै बुझ्दिनथें अनि उ इशाराको सांकेतिक भाषा पनि प्रयोग गर्न थाल्थ्यो, उसको हाउभाउ हिंस्रक नभए पनि उ नजिकै आउँदा म उसलाई भयानक सिंहमा फेरिएको देख्न थाल्थें अनि आफुलाई केवल बाख्राको असहाय पाठोको रुपमा पाउँथें, भुइचालोले हल्लाएको जीर्ण भवन झैं थर्थराउंदै म भित्रतिर दौडन थाल्थें, तर आज त्यस्तो केही भएन,म उसै टोलाएर बसेको देखेर उसले के सोच्यो कुन्नि, उसले मलाई बाहिरबाटै बोलायो, म बाहिर आएँ,उसले मलाई बिहान देखाएका शिशाका टुक्रातिर उसका आँखा सोझिए र उसले मलाई आँखैले प्रश्न सोध्यो – “ किन सफा नगरेको ?“ ।

मैले तुरुन्त उसले देखाएका शिशाका टुक्रा उठाएँ र पर लगेर फोहोरको कन्टेनरमा राखिदिएँ, बुढो अचम्मको मान्छे थियो, ७१ बर्षको भए पनि उ सकृय नै थियो, उसकहाँ म घरेलु सेविका भएपनि मैले खाना बनाउनु पर्दैनथ्यो,उ खानेकुरा बाहिरबाटै मगाउंथ्यो, उसलाई कुनै कुराको कमी थिएन, अभाव थियो त केवल श्रीमतीको अभाव थियो, म नजिकै रहेका बेला उ प्रसन्न हुन्थ्यो,बोलीबाट अभिव्यक्त नगरे पनि उसको अनुहारले त्यो बताइरहेको हुन्थ्यो, उसले आफ्ना नीजि र व्यक्तिगत काम पनि मबाट नै गराउँथ्यो, उ नुहाएपछि आफ्नो अर्धनग्न देह मेरोअगाडि पल्टाइदिन्थ्यो अनि म बिबश हुन्थें उसको शरीर मालिश गर्न, यस्तो बेला मेरो क्रोधको ज्वाला दंकन थाल्थ्यो,तर म सहन बाध्य थिएँ, मलाई पनि त अप्ठेरो हुन्थ्यो नि १ एउटा पर पुरुषको अर्धनग्न शरीर मालिश गर्नु अनि अंगअंग सुम्सुम्याई दिनु म जस्ती ३५ बर्षीया महिलाका लागि सहज काम पक्कै थिएन, मन भित्रका यावत चाहना र इच्छाहरुलाई नफुक्ने गरी बलियोसंग बाँधेर नेपालमै छोडेर आएकी थिएँ मैले ्र कहिलेकाहीं लाग्थ्यो यो काम छोडेर अर्कै काम खोजूं, विदेशको ठाउं अर्को काम भेट्न पनि कहाँ सजिलो थियो र  सोच्दा सोच्दै अतितका पुरा पानाहरु स्मृतिको तखतामा एक एक गरी पल्टन थाल्छन्, म सम्झन थाल्छु…अलिअलि भएका गहना सस्तैमा बेचिदिएँ ्र माइतीतिर पनि हात पसारें ्र अभावको पिङ्गमा मच्चिन थालेपछि त शरमको पर्दा पनि आफैं च्यातिँदो रहेछ, मैले पनि लाजको घुम्टो खोलेर मिल्काई दिएँ ्र अनि म यता आउने योजना बनाउन थालें, बैदेशिक रोजगारी सुखकर भएर होइन, मेरो जिन्दगीको आकाशमा बाध्यताको बादल मडारिन थालिसकेको थियो।

खोजखाज गरेर साठी हजार बनाएँ र यहाँ आइपुगें,पतिको अनुमति लिनु आवश्यक पनि ठानिन ्र सामान्य जनाउ मात्रै दिएँ हिंड्ने बेलामा आफ्नै देशमा हुँदा पनि अभाव नै थियो, पतिको तलबले उहाँलाई नै पुग्दैनथ्यो, पतिबाट सहयोग पाउनु सम्भव नै थिएन आफु लगायत छोराछोरीका चाहना बन्धकीमा थिए, आबश्यकताको पहाड झन् झन् अग्लो हुँदै गएपछि त घर व्यवहार चल्न पनि छोडीसकेको थियो  कलकलाउंदा छोराछोरी छोडेर म त्यसै आएकी होइन नि यो परदेशमा १ आउन त आएँ यहाँ, तर बिल्कुलै एक्ली भएँ , घर मालिक बुढो जस्तै एक्ली,यो घरमा म छु र छ त्यो उदास बुढो तर नितान्त एक्ला एक्लै ्र उसकी स्वास्नी जो मरी सकी, उसको स्थान मैले लिइदिनु पर्ने भन्ने उसको चाहनालाई मैले ठाडै लत्याई दिएँ, मसंग बसेर तिमीलाई कुनै कुराको कमी हुने छैन भन्थ्यो बुढो, मलाई भने अभाव थियो त आफ्नै घर परिवारको, अब त बुढो पनि कस्तो कस्तो लाग्न थालेको थियो मलाईआइरन नगरेको कपडा जस्तो खुम्चिएको कोप्चो अनुहार मतिर फर्काएर मलाई उदास आँखाले हेरिरहन्थ्यो उ, सायद उ मेरो अलकत्रा उप्किएको सडक जस्तो बिग्रेको जीवन नियाल्न चाहन्थ्यो । आफ्नो देश छोडेर रोजगारीका लागि यति टाढा सम्म आउनु , विभिन्न खाले अतृप्त पुरुषहरुको आँखामा पर्नु , चाही नचाही उनीहरुकै इच्छा अनुसार चल्नु र कुनै पनि बेला नाईंनास्ती नगरी उनीहरुको सेवामा हाजिर हुनु कम्ति पीडादायी व्यवहार होइनन् नेपाली नारीहरुका लागि, तैपनि कयौं महिलाहरु रोजगारीका लागि आफ्नो जन्मभुमि छोडेर यहाँ आइरहेकै छन्, देशमा रोजगारीको अवसर भए म यहाँ किन आउंथें रु अरु किन आउंथे रु भर्भराउंदा युवा(युवती आफ्नै देशमा हुने थिए,यस्ता कुरा मनमा आउँदा पनि मन पोलेर खपी नसक्नु हुन्छ, फेरि एक बोतल पानी सिध्याएँ ्र अनि अलिकता बेचैनीको ज्वाराम्स घटेर गयो ।

अहिले यहाँको समय अनुसार रातको ९ बजेको छ,बूढोले अब कुनै काम लाउने छैन, उ मसंग त्यति खुसी छैन किन कि उसको मलाई स्वास्नी बनाउने चाहना बालुवाको घर जस्तै भताभुङ्ग भैसकेको थियो, त्यसैले अचेल उ दुस्खको भारी बोकेर हिड्न थालेको थियो, बूढोको ढोकामा गएर जांच गरी हेरें ्र भित्रबाट ढोका बन्द गरेर बुढो आफ्नो बिस्तारामा निदाइसकेको थियो  । म पनि आफ्नो कोठामा छिरें र सुस्तरी आफुलाई ओछयानमा लडाएर दिन भरिका घटनाहरुलाई केलाउन थालें ्र निदाउन कत्ति प्रयास गर्दा पनि आँखामा निद्राको कुनै लक्ष्यण देखिंदैन ्र अनि मोबाइल अन गरेर हिजो मात्रै छोरीले पठाएको इमेल हेर्न थाल्छु, उसले लेखेकी छे –“ मम्मी , मलाई त नियास्रो लागिसक्यो, ड्याडी पनि धेरै दिनदेखि घर आउनु भएको छैन, खेतमा बाली लगाउन पनि पाएको छैन, स्कूल फी तिरेको छैन,तीन महिना पहिले तपैले पठाएको रुपैया ड्याडीले रक्सी खाएरै सक्नु भो, के गरूँ मम्मी , म के गरूँ रु ” छोरीको इमेल पढीसकेर म धेरै बेर रोएँ, निकैबेर सम्म आँखाबाट आँशुको भेल बगिरह्यो, यतिखेर म पीडाको पिङ्गमा मज्जाले मच्चिरहेकी थिएं,अव मलाई यता बसिरहन पटक्कै मन थिएन, कतारको कमाइले यता रोक्न भन्दा पनि मलाई घरको अस्तव्यस्तताले लगातार बोलाइरहेको थियो ।  मैले अव यहाँको काम छोडेर आफ्नै देश फर्कने र आफ्नै गाउँ घरमा केही इलम गरेर घर, गाउँ समुन्नत बनाउने दृढ निश्चय गरिसकेकी थिएँ, बिग्रेका पति र अस्तव्यस्त घरलाई समाल्नु थियो, अनि बुढोलाई जनाउ पनि दिइसकेकी थिएँ, निकैअघि देखिको मेरो गनगन र आग्रहपछि बल्ल बल्ल मलाई बिदा गर्न बुढो राजी भएको थियो, अनि त के चाहियो र,म त कल्पनाको बायुपंखी घोडा चड्न हतारिएं, छोरी दिलासा , रेवा र छोरो सुगम एक्कासी मेरो काखमा बस्न आइपुगे खुशीको रुमाल हल्लाउंदै,बल्ल मैले आत्मसात् गर्न सकें –“ रुपैयाँ भन्दा त सन्तान र आफ्नो देश नै प्यारो हो  ” अनि म छोराछोरीको हात समाएर आत्मियताको कालोपत्रे सडकमा निस्किएँ, यतिखेर मेरा आँखामा आँशुका फूल फुलिरहेका थिए जुन पीडाका नभएर खुशीका थिए, मेरो शरीर कतारमै भए पनि मन भने कति छिटो नेपाल आइपुगी सकेको थियो।

बागमती (११,कर्मैया, सर्लाही , नेपाल

 

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २५ गते बुधबार