काठमाडौँ ।
प्रतिनिधि सभाका सभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद तथा उपसभापति डीपी अर्यालले सभामुख पदमा मनोनयन दर्ता गराएका छन् । आज मनोनयन दर्ता समय रहेकाले उनले मनोनयन गर्दा गराएका हुन् ।
उनको प्रस्तावकमा पार्टी सभापति तथा सांसद रवि लामिछाने रहेका छन् । समर्थकमा स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहेका छन् । अर्याललाई सभामुख पदका लागि उम्मेदवार बनाउने निर्णय रास्वपाले यसअघि नै गरिरहेको थियो ।
मनोनयन दर्ताको समयावधि २ बजेसम्म तोकिएको छ । अर्यालले पहिलो दर्ता गरेका हुन् ।
प्रकाशित मिति : २०८२ चैत २० गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्