नेपालगन्ज ।
नेपालगन्ज निवासी साहित्यकार गणेशबहादुर जिसी लक्षिमा–शेरबहादुर रानाभाट स्मृति पुरस्कारबाट पुरस्कृत भएका छन् । भेरी साहित्य समाजको आयोजनामा नेपालगन्जमा आयोजित कार्यक्रममा रानाभाटलाई उक्त पुरस्कार हस्तान्तरण गरिएको हो ।
जिसीलाई साहित्य, पत्रकारिता तथा रेडियो नाटक क्षेत्रमा पु¥याएको योगदानका लागि नगद १५ हजारसहितको उक्त पुरस्कार प्रदान गरिएको आयोजक समाजले जानकारी दिएको छ । सोही कार्यक्रममा मानव सेवामा योगदान पु¥याएको भन्दै ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगन्जकी क्षेत्रीय प्रमुख ब्रह्मकुमारी दुर्गा दिदीलाई सम्मान गरिएको छ ।
दुर्गाले ‘ओम शान्ति आश्रम’ स्थापना गरी लागूऔषधमा फसेका तथा घरबारविहीन व्यक्तिहरूलाई सकारात्मक जीवनतर्फ प्रेरित गर्दै आएकोमा कदर गरिएको आयोजक संस्थाका अध्यक्ष इन्द्र बस्नेतले जानकारी दिए ।
व्यवसायी भीमबहादुर रानाभाट र साहित्यकार भरतबहादुर रानाभाट परिवारले स्वर्गीय बुवाआमाको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार भेरी साहित्य समाज केन्द्रीय समितिले हस्तान्तरण गर्दै आएको छ । यसवर्षदेखि स्व. रानाभाटका नाति दीपक रानाभाटले ५० हजार रूपैयाँ थप गरी अक्षयकोषमा वृद्धि पनि गरेका सोही कार्यक्रममा जानकारी दिइएको थियो ।









प्रतिक्रिया दिनुहोस्