अध्यक्ष ओलीलाई पक्राउ गरेको विरोधमा बाँकेमा पनि एमालेको प्रदर्शन



कोहलपुर ।

बाँकेमा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा एमालेका कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका छन् । आज ओलीलाई पक्राउ गरेको विरोधमा नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् ।

एमालेका कार्यकर्ताहरू नेपालगन्जको बिपी चोकमा प्रदर्शन गरिरहेका छन् । शनिबार एमालेका कार्यकर्ताहरुले अध्यक्ष ओलीको तत्काल रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।अहिले यो क्षेत्र तनावग्रस्त भएको छ ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो । त्यसबेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन शुरु गरेको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १४ गते शनिबार