कोहलपुर ।
‘कोहलपुर गोल्डकप’ को चौथो संस्करण आगमी बैशाख १९ गतेदेखि सञ्चालन हुने भएको छ । प्रतियोगिता कोहलपुर–२ स्थित तेह्र विगाह खेलमैदानमा बैशाख १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने भएको हो ।
आयोजक कोहलपुर रेसिङ साहारा क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति घोषणा गरेको छ । ‘कोहलपुर गोल्डकप’ले कोहलपुरलाई खेलको माध्यबाट चिनाउनुका साथै क्षेत्रिय प्रतिभावालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने मञ्च प्रदान गर्ने कार्यक्रम संयोजक कर्णबहादुर बस्नेतले जानकारी दिए ।
प्रतिनिधिसभा निर्वाचन र खेल मैदान निर्माणका कारणले खेल पछि सार्नु परेको बताउँदै उनले अब निर्धारित समयमै प्रतियोगिता सञ्चालन हुने बताए । ‘कोहलपुर गोल्डकप’लाई थप व्यवस्थित र स्तरीय रूपमा चौथो संस्करण सञ्चालन हुने उनको भनाइ थियो । उनका अनुसार प्रतियोगितामा कूल ८ वटा टोलीको सहभागिता रहने भएको छ ।
प्रतियोगितामा ‘ए’ डिभिजनका ३ वटा क्लब, २ वटा विदेशी टिम, मोफसलका २ वटा क्लब र १ आयोजक टिम रहेको उनले बताए ।प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ४ लाख नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । खेलमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फाइनल पुग्ने दुई टोलीलाई बाँके राष्ट्रिय निकुञ्जमा ‘जंगल सफारी’ गराइने योजना आयोजकको छ । साथै उनीहरूलाई स्थानीय होमस्टेमा मौलिक खानपान र बसोबासको अनुभवसमेत गराइनेछ ।









प्रतिक्रिया दिनुहोस्