बाँकेमा मौन अवधिको अवज्ञा



 

बाँकेमा केही व्यक्तिहरुले मौन अवधिको अवज्ञा गरेको भन्दै निर्वाचन आचारसंहिता अनुगमन अधिकृतले ध्यानआकर्षण भएको जनाएका छन् । बाँकेका निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पूर्णबहादुर खत्रीले एक सूचना जारी गर्दै कतिपय राजनीतिक दलका पदाधिकारी, कार्यकर्ता, उम्मेदवारका सम्बन्धित व्यक्ति र केही सन्चार माध्यमले मौन अविधिको उल्लंघन गरेको जनाएका छन् ।

उनका अनुसार उनीहरुले सामाजिक सन्जालमार्फत मत सर्वेक्षण गर्ने, मिथ्या सूचना प्रवाह गर्ने, द्वेषपूर्ण अभिव्यक्ति र प्रचारप्रसार गरिरहेका पाइएको छ । उनले निर्वाचन आचारसंहिता पालना गर्न सबैलाई अनुरोध गर्दै अवज्ञा गरिएमा कानुन बमोजिक कारबाही हुने चेतावनी समेत दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १९ गते मंगलबार