‘जितेपछि नेता गाउँ फर्कँदैनन्’ भन्ने भाष्य तोड्न सफल ढकाल सदन चालु रहेको समयबाहेक अन्य समय ग्रामीण क्षेत्रका जनताहरूसँगै देखिनु पनि उनको विजय हुने अर्को आधार रहेको उनी निकट बताउँछन् । युवालाई प्रोत्साहन गर्न सके युवा जनशक्ति देशमा रोकिन्छ, सक्षम र युवा जनशक्तिले देशको विकास गर्न सक्छ भन्ने सोच भएका ढकाल आपैmँ युवा पिढीको प्रतिनिधित्व गर्ने भएकोले पनि उनलाई सफलता प्राप्त गर्न सहज हुनसक्ने उनी बताउँछन् ।
कोहलपुर ।
‘नेतृत्व केवल पद प्राप्त गर्ने माध्यम मात्रै होइन, जनताको सपना पूरा गर्ने जिम्मेवारी हो’ भन्ने विचार बोकेर चुनावी मैदानमा उत्रिएका सूर्यप्रसाद ढकाल दोस्रो पटक चुनावी मैदानमा छन् । चुनावी रणनीतिका लागि माहिर मानिने ढकाल पुनः संसद् भवन छिर्ने दाउमा छन् । समाजमा उनी भद्र, सालिन, बौद्धिक र इमान्दार नेताका रूपमा चिनिन्छन् ।
विद्यार्थी राजनीतिबाट राजनीतिक करियर सुरु गरेका ढकालले युवा संघ हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका थिए । तल्लो तहको कमिटीदेखि केन्द्रीय तहको राजनीतिमा सक्रिय रहेका ढकालले चारदशक लामो राजनीतिक जीवनबाट प्राप्त अनुभव पूर्ण रूपमा चुनावी मैदानमा प्रयोग गरेको देखिन्छ ।
विसं २०७० र विसं २०७४ को संसदीय निर्वाचनमा पार्टीकोे तर्पmबाट चुनाव परिचालन समितिको महत्वपूर्ण जिम्मेवारी लिएर आफ्ना पक्षका उम्मेदवारहरूलाई विजय बनाउन सफल ढकाल विसं २०७९ मा काँग्रेस र माओवादीसहितको पाँचदलीय गठबन्धनबाट उठेका सोबेलाका मन्त्री महेश्वर गहतराज ‘अथक’लाई भारी मत अन्तरले पछाडि पार्दै विजय बनेका थिए ।
आफूमा न आग्रह, न पूर्वाग्रह, न लोभ, न त लालच नै भएको ढकाल बताउँछन् । ‘मसँग रिस छैन्, घमण्ड पनि छैन् । मेरो यही सरल स्वभाव र स्पष्ट विचार सफलताको कडी बन्दै गएको छ,’ उनी भन्छन्, ‘एमालेको प्रत्येक गाउँदेखि टोलसम्मको दह्रो सांगठनिक संरचना छ । पार्टीभित्रको एकता, भूगोलको पहिचान तथा मतदाताहरूको मनोविज्ञानलाई समात्न सक्ने मसँग क्षमता छ, त्यसकारण मलार्इँ सफलता नजिक पु¥याएको छ ।’
राजनीतिक जीवनमा कुशल संगठक र स्पष्ट वक्ताको परिचय बनाएको उनी निकट व्यक्ति बताउँछन् । विगतमा बाँकेको क्षेत्र नं.१ लगायत समग्र बाँके जिल्लाको आर्थिक, सामजिक, शैक्षिक, औद्योगिक, जैविक तथा पर्यटकीय क्षेत्रका लागि सदनसमक्ष उठाएको तार्किक र स्पष्ट विचारसहितको आवाजको धेरैले आफूलाई प्रशंसा गरेको ढकाल बताउँछन् ।
ढकाल निकटका अनुसार पूर्व बाँके निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र बसोबास गरेका जनताले पाएको सास्तीका विषयमा ढकालले कार्यपालिका तथा व्यवस्थापिकालाई उचित निर्णय गर्न दबाब सिर्जना गरेका थिए । विगतमा आपूmले अगाडि सारेका धेरैजसो योजनाहरू प्रक्रियामा गएको बताउने ढकालले अधुरा तथा अपुरा कामहरू पूरा गराउनका लागि पुनः जिम्मेवारी दिएर पठाउन मतदाताहरूसँग आग्रह गर्दै आएका छन् ।
‘जे सक्छु, त्यो मात्रै बोल्छु । जे बोल्छु, त्यो गरेरै छोड्छु ।’ भन्ने ढकालले यसपटक अगाडि सारेका चुनावी प्रतिबद्धता तथा योजनाहरू केवल वाचा मात्र नभई बाँके जिल्लाको समग्र विकासलाई प्रभाव पार्ने मार्गचित्रका रूपमा रहेका छन् । उनले अगाडि सारेका प्रतिबद्धता तथा योजनाहरू अन्य उम्मेदवारहरूका भन्दा पृथक तथा व्यावहारिक रहेको उनी बताउँछन् ।
ढकालको चुनावी प्रतिबद्धतामा नीति निर्माणदेखि शुद्ध खानेपानी, विद्युत् विस्तारदेखि राष्ट्रिय गौरवका आयोजना सञ्चालन तथा सिँचाइ सुविधा विस्तारमा जोड रहेको पाइन्छ । साथै उनले कृषि उत्पादनमार्फत आर्थिक समृद्धिमा जोड दिने, राप्ती नदी नियन्त्रण, सडक तथा पुल निर्माणजस्ता विकासका पूर्वाधारहरूमा सबैको पहुँच पु¥याएर व्यापार व्यवसाय तथा रोजगारीका अवसरहरू बढाउने प्रतिबद्धतामा केन्द्रित गरेका छन् ।
कोहलपुर घुइयाबारी सल्यान जोड्ने सडक, राप्ती सोनारी ग्रामिण औद्योगिक ग्राम तथा नरैनापुरको स्तरोन्नतिका लागि थालिएका थुप्रै अधुरा कामहरू पूरा गर्ने हुटहुटी बोकेर पुनः चुनावी मैदानमा उत्रिएका ढकालको कोहलपुर क्षेत्रलाई औद्योगिक तथा शैक्षिक केन्द्रका रूपमा विकास गर्ने सोच महत्वपूर्ण छ । उनले अगाडि सारेको आधुनिक सुविधासम्पन्न सिटीहल, क्रिकेट मैदानको स्तरोन्नति, अस्पताल, खेलमैदान तथा खेलकुद विश्वविद्यालय स्थापना गर्ने योजना युवापुस्ताका सपना साकार पार्ने आधार बन्न सक्छन् भने अधुरा विद्यालयभवन पूरा गर्ने र धार्मिक पर्यटन मार्ग विस्तार गर्ने प्रतिबद्धताले शिक्षा र पर्यटन दुवै क्षेत्रलाई सुदृढ बनाउ सक्ने मनसाय ढकालको देखिन्छ ।
ढकालको प्रतिबद्धतापत्रले कोहलपुर क्षेत्रलाई सुन्दर र सफा बनाउनुका साथै स्थानीय पार्क संरक्षण, खेलमैदानहरूको स्तरोन्नति, विद्युत्, खानेपानी, सञ्चार तथा ग्रामीण सडक कालोपत्रे जस्ता योजनाहरूले विकासलाई सहरमा मात्र सीमित नराखी गाउँसम्म पु¥याएर समावेशी र सन्तुलित विकासमा जोड दिएको पाइन्छ । जनतालाई अप्ठेरो पर्दा सहजै उपलब्ध हुन सक्ने नेता ढकाल आफ्नो निर्वाचन क्षेत्रका सबै टोलको अवस्था र समस्यासँग परिचित भएको बताउँछन् ।
उनी आफ्नो क्षेत्रका टोल मात्रै होइन टोलमा बस्ने अधिकांश मतदाताहरू समेत चिन्दछन् । उनी जनताकै घर आँगनमा बस्ने, खाने र सुत्ने भएकोले पनि सबैको मनमा बस्न सक्ने भएको उनको भनाइ छ । अध्ययनशील तथा बौद्धिक नेताका रूपमा समेत चिनिएका ढकालका राजनैतिक दर्शन, साहित्य, इतिहास, संस्कृति, अनुसन्धान लगायतका विभिन्न खालका दर्जन बढी पुस्तकहरू समेत प्रकाशन भएका छन् ।
आपूm सांसद छँदा बाझिएका नीति र अस्पष्ट कानुनका कारण जनताले बेहोर्नु परेको सास्ती र त्यसको समाधानका लागि गर्नुपर्ने ऐन नियम संसोधनका बारेमा पटकपटक सदनमा बोलेका कारण पनि ढकाल यसपटक जितका लागि बलियो उम्मेदवारका रूपमा देखिएको बताउँछन् । ‘जितेपछि नेता गाउँ फर्कँदैनन्’ भन्ने भाष्य तोड्न सफल ढकाल सदन चालु रहेको समयबाहेक अन्य समय ग्रामीण क्षेत्रका जनताहरूसँगै देखिनु पनि उनको विजय हुने अर्को आधार रहेको उनी निकट बताउँछन् ।
युवालाई प्रोत्साहन गर्न सके युवा जनशक्ति देशमा रोकिन्छ, सक्षम र युवा जनशक्तिले देशको विकास गर्न सक्छ भन्ने सोच भएका ढकाल आपैmँ युवा पिढीको प्रतिनिधित्व गर्ने भएकोले पनि उनलाई सफलता प्राप्त गर्न सहज हुनसक्ने उनी बताउँछन् । ‘मेरो जित केवल एक व्यक्तिको विजय होइन, बाँके क्षेत्र नं. १ को समृद्ध भविष्यतर्फको कदम हो,’ उनी भन्छन्, ‘इमान्दार उम्मेदवारलाई मतदान गर्न आग्रह गर्छु ।’ टोलटोलमा पुगेका ढकालको प्रष्ट भिजन, इमान्दारिता, बौद्धिकता र निश्कलङ्कित चरित्रले उनलाई जनताले विजयी बनाउने उनको दाबी छ ।








प्रतिक्रिया दिनुहोस्