काठमाडौँ ।
निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सञ्चालनमा रहेको सूचना सदाचार प्रवर्द्धन एकाइले हालसम्म कूल ६१२ वटा हानिकारक सूचना पत्ता लगाएको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा विद्युतीय कारोबार ऐन, २०६३ आकर्षित हुने ५४५ वटालाई नेपाल प्रहरीमा र निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने १२१ वटालाई केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको आयोगले जनाएको छ । यसैगरी प्रेस काउन्सिल ऐन, २०४८ आकर्षित हुने ७४ वटालाई प्रेस काउन्सिलमा र विज्ञापन ९नियमन गर्ने० ऐन, २०७६ आकर्षित हुने एउटालाई विज्ञापन बोर्डमा कारबाहीका लागि लेखी पठाइएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
यसरी पठाइएकामध्ये हालसम्म नेपाल प्रहरीले १३२ वटा ९३९ प्रतिशत०, केन्द्रीय आचारसंहिता अनुगमन समितिले ९० वटा ९७४ प्रतिशत० र प्रेस काउन्सिल नेपालले ३२ वटा ९४३ प्रतिशत०लाई कारबाही गरेको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमले गरेको एक अध्ययनबाट नेपालको निर्वाचन सम्बन्धमा सम्प्रेषण गरिएका हानिकारक सूचनामध्ये ५४ प्रतिशत सूचना कृत्रिम बौद्धिकता ९एआई० बाट निर्मित ‘डिप फेक’ चित्र तथा भिडियोहरू प्रयोग भएको पाइएको छ ।
हालको सुरक्षा अवस्थाको समीक्षा तथा आगामी दिनमा राजनीतिक दल र उम्मेदवारले आयोजना गर्ने सभा, जुलुसलगायतका कार्यक्रम, प्रचारप्रसार निषेध अवधिमा आचारसंहिताको पालना र मतदानको दिनको सुरक्षालाई प्रभावकारी बनाउन उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक सम्पन्न भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
बैठकमा भएको समीक्षाबाट हालसम्मको सुरक्षा अवस्था सन्तोषजनक रहेको पाइएको छ भने मतदान पूर्व र मतदानको दिनमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन बैठकको निर्णयका आधारमा आयोगले नेपाल सरकारलाई सिफारिस गरेको छ । प्रचारप्रसार निषेध अवधि यही फागुन १८ गते राति १२ः०० बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिने निर्णय पनि आयोगले गरेको छ ।
जिल्ला आचारसंहिता अनुगमन समितिले आवश्यक व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता २०७९ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्य हुन नदिने र कही कतै भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन आयोगले भनेको छ । मतदानको मितिभन्दा ७ दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादकपदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउन आयोगले निर्देशन दिएको छ ।
मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन ९एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारीसाधन०, कूटनीतिक निकायका सवारीसाधन र निर्वाचनको दिनमा प्रयोग गर्नेगरी पास प्राप्त गरेका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनहरू यही फागुन २० गते राति १२ः०० बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाइने भएको छ ।
मतदानको दिनमा अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू यथावत सञ्चालनको व्यवस्था मिलाइएको छ । अन्तरराष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुहरूलाई विमानस्थलदेखि घर÷बसोबास गर्ने होटलसम्म र घर÷बसोबास गर्ने होटलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था भएको छ ।
निर्वाचन सुरक्षा ९व्यवस्थापन० निर्देशिका, २०८२ को दफा ६ मा उल्लेख भएबमोजिम निर्वाचनमा शान्ति सुरक्षा कायम गर्ने सम्बन्धमा तोकिएका सबै कार्यहरूसहित सोही दफाको खण्ड ९झ० मा उल्लेख भएको निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउने सम्बन्धमा उपयुक्त व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयलाई सिफारिस गरिएको उहाँले बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ९मतदान० निर्देशका, २०८२ को दफा ४३ तथा दफा ८४ मा मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र वा नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाण पूर्जा वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रति लिएर मतदान केन्द्रमा जानुपर्ने गरी व्यवस्था गरेको छ । सोही बमोजिम कुनै एउटा कागजात साथमा लिएर मतदान गर्न जाने मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न पाउने कुरा मतदानमा खटिने सुरक्षाकर्मी, कर्मचारी र सरोकारवालाहरूलाई सूचना संप्रेषण गरिएको र गर्न लगाइएको छ ।
सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ बमोजिम मतदानको दिनमा आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी हुने सवारी पास उपलब्ध गराउन आयोगको सचिवालय परिसरमा एकीकृत सवारीसाधन आवागमन डेस्क स्थापना गरिएको छ । ४० प्रतिशत बढी उम्मेदवारले खोले निर्वाचन प्रचारप्रसार बैंक खाता निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्चको सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता ९सञ्चालन तथा व्यवस्थापन० कार्यविधि, २०८२ स्वीकृत भई कार्यान्वयनमा रहेको छ ।
स्वीकृत कार्यविधिअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिने प्रयोजनका लागि आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवारहरू र स्वतन्त्र उम्मेदवारहरूले कार्यविधिअनुसार निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग लिई गर्ने आम्दानी र खर्च सोही खातामार्फत हुने व्यवस्था गरिएको आयोगले जनाएको छ । अद्यावधिक विवरणअनुसार ११ राजनीतिक दल र एक हजार ६७० उम्मेदवारले बैंक खाता खोली सोको जानकारी सम्बन्धित कार्यालयहरूमा गराइरहेको आयोगले जनाएको छ ।
४३ राजनीतिक दलले सार्वजनिक गरे घोषणापत्र
राजनीतिक दल तथा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्ने र आयोग तथा सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्ने व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ ले गरेको छ । आचारसंहिताको व्यवस्था बमोजिम घोषणापत्र सार्वजनिक गरी तोकिएका निकायमा पेस गर्न निर्वाचन आयोगले निर्देशन दिएकामा हालसम्म ४३ वटा राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरी सोको जानकारी आयोगमा गराएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । रासस









प्रतिक्रिया दिनुहोस्