काठमाडौँ ।
सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यसअघि निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।
प्रकाशित मिति : २०८२ फागुन १२ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्