कोहलपुर (बाँके) ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लक्षित बाँके क्षेत्र नम्बर १ निर्वाचन क्षेत्रस्तरीय राजनैतिक दल÷उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय र सुरक्षा निकायबीच अन्तक्र्रिया तथा छलफल गरिएको छ । बाँके क्षेत्र नम्बर १ को निर्वाचनलाई शान्तिपूर्ण बनाउन राजनीतिक दल, उम्मेदवार, कार्यालय र सुरक्षा निकायबीच आवश्यक समन्वय र सहकार्यका लागि अन्तक्र्रिया तथा छलफल सम्पन्न भएको हो ।
सरोकारवालाहरू बीचको बैठकले ६ बुँदे निर्णय गरेको बाँके क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले बताए । बैठकमा निर्वाचन आयोगले जारी गरेका आचारसंहिताहरू दलहरूले पूर्णरूपमा कार्यान्वयन गर्ने, घरदैलो कार्यक्रममा १० वटा झन्डा (१) एउटा ब्यानर र २५ जनासम्म प्रचार गर्ने मान्छेहरू हिँड्ने निर्णय गरिएको उनले बताए ।
निर्वाचन अधिकृत वाग्लेका अनुसार उम्मेदवारहरूले आफ्ना पार्टीका एजेण्डा भन्ने अरु दल र दलका उम्मेदवारहरूलाई गाली नगर्ने, कुनै पनि सवारीसाधनमा कुनै पनि प्रकारका प्रचार साम्रगी डेग, ब्यानर, साउन्ड सिस्टम, झन्डा, स्टिकर प्रयोग गर्न नपाउने निर्णय गरिएको छ । टोपी, लकेट, टिसर्ट लगायतका साम्रगीहरू प्रयोग गर्न नपाउने र ठूला जनसभा गर्दा २४ घन्टापहिला प्रशासनको अनुमति लिनु पर्ने लगायतका निर्णय गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्