प्रथम कोहलपुर खुला भलिबल प्रतियोगिताः सेमिफाइनल प्रवेश गर्ने पहिलो टिम बन्यो ग्रिन पिस



कोहलपुर ।

‘प्रथम कोहलपुर बाँके जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८२’ को सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टिम ग्रिन पिस सेकेन्डरी स्कुल बनेको छ । प्रतियोगिताको चौथो दिन आज विद्या सदनलाई हराउँदै ग्रिन पिस सेकेन्डरी स्कुल सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टिम बनेको हो ।

ग्रिन पिसले विद्या सदनलाई  २–१ को सेटले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । पहिलो सेट २९–२७ , २५–१८ र १६–१३ ले नमुना विद्या सदनलाई ग्रिन पिसले हराएको हो । आजदेखि प्रतियोगिताका नकआट चरणका खेलहरु भइरहेका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी द्वितीय टिमलाई ३० हजार नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र र तृतीय हुने टिमलाई २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको हो । यसैगरी व्यक्तिगत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १० गते आइतबार