कोहलपुर भलिबल प्रतियोगिताः ६ वटा टिम विजयी



कोहलपुर ।

‘प्रथम कोहलपुर बाँके जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८२’ को तेस्रो दिन शनिबार ६ वटा खेल सम्पन्न भएका छन् । कोहलपुर न्यूरोडस्थित खुला मैदानमा जारी प्रतियोगितामा सहभागी ६ वटा टिमले प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगिताको तेस्रो दिनको पहिलो खेल रोयल ढकेरी र खजुरा युनाइटेडबीच प्रतिस्पर्धा भएको थियो ।

रोयल ढकेरीले खजुरा युनाइटेलाई २–१ सेटले हराएको छ । पहिलो सेट २५–१४, १२–२५ र १६–१४ ले रोयल ढकेरीले खजुरालाई हराएको हो ।
प्रतियोगिताको तेस्रो दिनको दोस्रो खेल भने बागेश्वरी बहुमुखी क्याम्पस र ब्राइटलाइट एकेडेमीबीच भएको थियो । ब्राइटलाइटले एक सेट गुमाउँदै बागेश्वरीलाई हराएको छ । पहिलो सेट २७–२९, २५–२२ र १६–५ ले ब्राइटलाइट विजयी भएको हो ।

तेस्रो दिनको तेस्रो खेलमा ट्री गार्डेन बैजनाथ र कोहलपुर नगरपालिका कर्मचारीबीच प्रतिस्पर्धा भएको थियो । कोहलपुर नगरपालिका कर्मचारी टिमले ट्री गार्डेन बैजनाथलाई सोझो दुई सेटले हराएको हो । पहिलो सेट २५–२२ र २५–२१ ले हराएको थियो । चौथो खेल भने ग्रिन पिस र जन ज्ञान ज्योतिबीच प्रतिस्पर्धा भएको थियो । जन ज्ञान ज्योतिलाई ग्रिन पिसले सोझो २–० सेटले हराएको हो । पहिलो सेट २५–२३ र २५–१६ ले हराएको थियो ।

पाँचौँ खेल भने बैजनाथ गाउँपालिका र भेरी प्राविधिक शिक्षालयबीच प्रतिस्पर्धा भएको थियो । भेरी प्राविधिकलाई २–१ को सेटले बैजनाथ गाउँपालिकाले हराएको हो । बैजनाथले पहिलो सेट २५–१६, २०–२५ र १६–१४ ले हराउँदै विजयी हासिल गरेको थियो ।

तेस्रो दिनको अन्तिम र छैटौँ खेलमा भने नमुना विद्या सदन र खजुरा युनाइटेडबीच प्रतिस्पर्धा भएको थियो । खजुरालाई २–१ को सेटमा हराउँदै नमुना विद्या सदन विजयी भएको हो । खजुरालाई पहिलो सेट २३–२५, २५–८ र १७–१५ ले हराउँदै नमुना विद्या सदनले खेलको सुखद अन्त्य गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १० गते आइतबार