कोहलपुर ।
सञ्चारकर्मी तथा गायक तीलक परियारले ‘गलबन्दी’ बोलको झ्याउरे म्युजिक भिडिओ बजारमा ल्याएका छन् । सुकदेव अधिकारीको शब्द र आफ्नै स्वर तथा संगीतमा गायक परियारले ‘गलबन्दी’ बोलको झ्याउरे म्युजिक भिडिओ बजारमा ल्याएका हुन् । उनलाई स्वरमा चर्चित गायिका टिका पुनले साथ दिएकी छन् ।
उक्त म्युजिक भिडिओ रेशन नेपाकिङ अधिकरीको युट्युब च्यानलबाट बजारमा ल्याइएको उनले बताए । म्युजिक भिडिओमा भने रेशन नेपाकिङ, अन्जु सुनार, जेनिश सुनार र ऋतु परियार लगायतले नृत्य गरेका छन् ।
पछिल्लो समय सांगीतिक क्षेत्रमा विकृति र विसंगती बढिरहेका बेला परियारले नेपालीपन झल्कने ‘गलबन्दी’ बोलको झ्याउरे म्युजिक भिडिओ बजारमा ल्याएका हुन् । नेपाली गीत संगीत नेपालको संस्कार र संस्कृति रहेकाले संरक्षण गर्न आवश्यक रहेको गायक परियार बताउँछन् ।
साङ्गीतिक बजारमा आइरहेका आम गीतभन्दा फरक स्वादको ‘गलबन्दी’ बोलको म्युजिक भिडिओ रहेकाले सबैले माया गर्ने विश्वास लिइएको उनले बताए । म्युजिक भिडिओ बजारमा आएको केही समयमै सबैको राम्रो प्रतिक्रिया पाइरहेको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्