दुर्घटनामा परेको गाडीमा चार सय २० किलो गाँजा फेला



विराटनगरमा दुर्घटनामा परेको एउटा स्कोरपिओमा चार सय २० किलो गाँजा फेला परेको छ । विराटनगर–५ पुल्चोकमा गएराति दुर्घटनामा परेको बा. ८ च ६५०८ नम्बरको स्कोरपिओ भित्र गाजा भेटिएको हो । अनियन्त्रित भई खाल्डोमा परेको उक्त गाडी खानतलासी गर्दा सीटमुनि र डिक्कीको भागमा प्लास्टिकले बेरेर राखिएका गाँजाका ठूला पोका भेटिएको हो ।

बरामद गरिएको गाँजा र गाडी नियन्त्रणमा लिएर अनुसन्धान थालिएको मोरङ प्रहरी प्रमुख एसपी कविता कटवालले बताएकी छन् । फरार चालक गाडीको नम्बर प्लेटका आधारमा धनीको पहिचान खोजी भइरहेको पनि उनले बताएकी छन् । ठूलो परिमाणमा गाँजा ओसारपसार हुनुमा संगठित गिरोहकै संलग्नता रहेको अनुमान प्रहरीको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ३ गते आइतबार