नेपालगन्ज, ३ फागुन
आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गरिरहेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा वेस्ट इन्डिजका कप्तान शाइ होपले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । नेपाली टोलीले आजको खेलका लागि एक परिवर्तन गर्दै ललित राजवंशीको स्थानमा सोमपाल कामी नेपालको प्लेइङ ११ मा राखेको छ ।
समूह चरणमा सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि योसहित बाँकी खेल पनि महत्वपूर्ण छ र जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर ८ मा पुग्ने संघारमा छ ।
नेपालविरुद्धको खेल जितेमा वेस्ट इन्डिज सुपर ८ मा पुग्नेछ भने नेपाल एक खेल अगावै बाहिरिनेछ । अबका दुवै खेल जितेर सुपर ८ मा पुग्ने अवस्था नरहेको नेपाल अरु खेलको नतिजामा पनि निर्भर छ ।
प्रकाशित मिति : २०८२ फागुन ३ गते आइतबार









प्रतिक्रिया दिनुहोस्