गृहमन्त्रीले लिए पशुपतिमै पुगेर शिवरात्रीको सुरक्षाबारे जानकारी



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा जानुभई भक्तालुहरुलाई पशुपति दर्शनको लागि गरीएको तयारी र सुरक्षा व्यवस्थाबारे जानकारी लिएका छन् ।

गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरु,मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख, काठमाडौंका प्रमुख जिल्ला अधिकारी तथा मन्त्रालयका उच्च पदस्थ पदाधिकारीसहित पशुपति क्षेत्रमा पुगेका मन्त्री अर्याललाई पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले कोषले गरेको तयारीबारे जानकारी गराए ।

मन्त्री अर्याल सहितको टोलीलाई महाशिवरात्री लक्षित सुरक्षा व्यवस्था तयारीबारे ब्रिफिङ्गको क्रममा काठमाडौं प्रहरी प्रमुख रमेश थापाले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी कुल ६ हजार सुरक्षाकर्मी खटिनेगरी तयारी गरीएको र एक सिफ्टमा मात्र एक हजार दुई सय सुरक्षाकर्मी खटिने जानकारी गराए ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २ गते शनिबार