गैरआवासीए नेपाली संघ (एनआरएनए)को अध्यक्षमा वर्तमान उपाध्यक्ष हेमराज शर्माले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान उपाध्यक्ष शर्माले सन् २०२५–२७ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

आगामी मार्चमा काठमाडौंमा हुने एनआरएनएको १२औं विश्व सम्मेलनलाई लक्षित गर्दै उनले एनआरएनएलाई अझ सान्दर्भिक,प्रभावकारी र समावेशी बनाउन समयानुकुल रुपान्तरण गर्ने योजनाका साथ आफूले उम्मेदवारी दिएको उल्लेख गरेका छन् । विगत केही वर्षयता केन्द्रीय नेतृत्वबीच अनावश्यक विभाजन सिर्जना हुँदा गैरआवासीय नागरिकताको कार्यान्वयनसहित एनआरएनसम्बन्धी मुद्दाहरू ओझेलमा परेको भन्दै शर्माले संघकै अस्तित्व नै संकटमा पर्ने स्थिति आएको हो कि भन्ने आशंका बढ्दै गएको उनको भनाई छ ।
उनले दश निर्देशनात्मक सिद्धान्तका आधारमा एनआरएनाको रिब्रान्डिङ गर्दै पुस्तौंसम्म रहने धरोहर संस्थामा रूपान्तरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । एकीकृत एनआरएनए ,समावेशी एनआरएनए, प्रविधियुक्त एनआरएनए ,परिणाममुखी एनआरएनए, दिगो एनआरएनएमा आफूले विशेष जोड दिने उनको भनाई छ ।









प्रतिक्रिया दिनुहोस्