आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा नेपालले लगातार दोस्रो खेलमा पराजय भोग्दा इटालीले भने ऐतिहासिक जित निकालेको छ। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा बिहीबार इटालीले नेपालमाथि १० विकेटको ऐतिहासिक जित निकालेको हो।

टी–२० विश्वकपमा यो नेपालको अहिलेसम्मकै ठूलो हार हो। यसअघि नेपालले विश्वकपको खेलमा कहिल्यै १० विकेटले हार ब्यहोरेको थिएन। पहिलो पटक विश्वकपमा प्रतिस्पर्धा गरेको इटालीले पहिलो जित निकालेको हो। यसअघि उसले पहिलो खेलमा स्कटल्यान्डसँग पराजय भोगेको थियो।
नेपाल भने समूहमा लगातार दुई खेलमा पराजित भएसँगै समूह चरणबाट बाहिरिने संघारमा पुगेको छ। अब नेपालले आइतबार वेस्ट इन्डिज र मंगलबार स्कटल्यान्डससँग खेल्दैछ।
प्रकाशित मिति : २०८२ माघ २९ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्