निर्वाचन आचारसंहितासम्बन्धी अन्तक्र्रिया



श्यामलाल पोखरेल । बुटवल ।

आसन्न फागुन २१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै बुटवलमा मानव अधिकारमैत्री निर्वाचन विषयक अन्तक्र्रिया सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा अधिकारकर्मी र सञ्चारकर्मीबीच अन्तक्र्रिया गरिएको हो । उक्त अन्तक्र्रिया कार्यक्रममा बोल्ने सहभागीहरूले निर्वाचन निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्नुपर्ने र त्यसका लागि सुरक्षा निकायले प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिएका छन् ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न निर्वाचन आयोगलाई सुझाव दिँदै उनीहरूले विगतका निर्वाचनहरूमा आचारसंहिता उल्लंघन भएकाले यो निर्वाचनमा पनि आचारसहिंता उल्लंघन हुने सम्भावना रहेकाले निर्वाचन आयोगलाई सचेत हुन आग्रह गरे । विगतका निर्वाचनमा राजनीतिक दलहरूबाट धेरै निर्वाचन आचारसंहिता उल्लंघन भएकाले यो निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनेमा वक्ताले आशंका व्यक्त गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश बुटवल कार्यालयका प्रमुख सन्तोष आचार्यले राजनीतिक दलका घोषणापत्रहरू मानव अधिकारमैत्री हुनुपर्ने बताए । उनले निर्वाचन आचारसंहिता सबै पक्षले अक्षरशः पालना गर्नुपर्ने बताउँदै आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही हुने बताए । आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई पनि कारबाही गर्नका लागि निर्वाचन आयोग शक्तिशाली रहेको बताउँदै राष्ट्रिय मानव अधिकार आयोगले कर्तव्य पालना गर्ने बताए ।

उद्योगी व्यवसायी टंक पोखरेलले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने र त्यसका लागि आआफ्नो ठाउँबाट सबैले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए । पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष विश्वास ढकालले विगतमा राजनीतिक दलहरूबाटै निर्वाचन आचारसंहिता पालना हुन नसकेको बताउँदै आचारसंहिता पालना नगर्नेलाई निर्वाचन आयोगलाई कानुनअनुसार कारबाही गर्न आग्रह गरे ।

प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेलले विगतका निर्वाचनहरूमा आचारसंहिता उल्लंघन गर्नेलाई निर्वाचन आयोगले कारबाही गर्न नसकेकाले निर्वाचन निष्पक्ष हुन नसकेको बताउँदै अहिलको निर्वाचन निष्पक्ष र भयरहित रुपमा सम्पन्न हुने विषयमा आशंक व्यक्त गरे ।

निर्वाचन जित्नका लागि राजनीतिक दलहरूले सरकार, सत्ताको आडमा जसो पनि गर्दै आएकाले दलहरू नसुधे्रसम्म, मतदाता सचेत नभएसम्म र आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले अधिकार प्रयोग गरेर तत्काल कारबाही नर्गदासम्म निर्वाचन निष्पक्ष हुन नसक्ने बताए । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष अर्जुन ज्ञवालीले निष्पक्ष र भयरहित निर्वाच बनाउनका लागि मानव अधिकारकर्मी र पत्रकारहरू तटस्थ हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा तेजप्रसाद पाठक, सुर्दशन नेपाल, लालप्रसाल पंगेनी, अधिकारकर्मी दीपक ढकाल, सावित्रा घिमिरे, पत्रकार कल्पना तिवारी, गुनाराम घिमिरे, डिबी सुस्लिगं लगायतले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्नका लागि मिडियाको तर्फबाट खबरदारी गर्नुपर्नेमा जोड दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २९ गते बिहीबार