राष्ट्रसंघकी नवनियुक्त प्रतिनिधि याहियाले प्रधानमन्त्रीलाई बुझाइन् ओहदाको प्रमाणपत्र



काठमाडौँ ।

प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपालका लागि संयुक्त राष्ट्रसंघकी नवनियुक्त प्रतिनिधि लिला पिटर्स याहियाले ओहदाको प्रमाणपत्र पेस गरेकी छन् । सिंहदरबारमा राष्ट्रसंघकी नवनियुक्त प्रतिनिधि याहियाले सोमबार ओहदाको प्रमाणपत्र पेस गरेकी हुन् ।

ओहदाको प्रमाणपत्र प्रस्तुत गर्दै याहियाले विश्वव्यापी शान्ति र सुरक्षालाई अगाडि बढाउन नेपालको निरन्तर नेतृत्वको प्रशंसा गरिन् । विशेष गरी संयुक्त राष्ट्र शान्ति सेनामा सबैभन्दा ठूलो संख्यामा सेना योगदान गर्ने देशको रूपमा नेपाल रहेको भन्दै उनले प्रशंसा गरिन् ।

उनले सन् २०३० सम्ममा दिगो विकास लक्ष्यहरूतर्फ प्रगतिलाई तीव्रता दिन र १६औँ राष्ट्रिय योजना र समावेशी वृद्धि, लचिलोपन, दिगो विकास, डिजिटल रूपान्तरण र युवाका लागि विस्तारित अवसरको प्राथमिकतालाई प्राप्त गर्न नेपालसँग संयुक्त राष्ट्र संघको साझेदारीलाई पनि जोड दिइन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २६ गते सोमबार