बाँकेबाट ६१ जना समानुपातिक उम्मेदवार



विभिन्न २१ राजनीतिक दलले बाँकेबाट दर्जर्नौँ जनालाई समानुपातिक उम्मेदवार बनाएका छन् । फागुन २१ गतेको हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ खसआर्य, आदीवासी जनजाति, मुस्लिम महिला, पुरुष, दलित महिला, पुरुषतर्फ ६१ जनालाई उम्मेदवार बनाएका हुन् ।

कोहलपुर (बाँके) ।

विभिन्न २१ राजनीतिक दलले बाँकेबाट दर्जर्नौँ जनालाई समानुपातिक उम्मेदवार बनाएका छन् । फागुन २१ गतेको हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ खसआर्य, आदीवासी जनजाति, मुस्लिम महिला, पुरुष, दलित महिला, पुरुषतर्फ सयौँ जनालाई उम्मेदवार बनाएका हुन् । ती दलहरूले गत पुस १३ र १४ गते समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएका थिए ।

नेपाली काँग्रेसबाट मधेशी पुरुषतर्फ दुःखीराम लोहिया र दीपनारायण वर्मा उम्मेदवार बनेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले खसआर्य महिलातर्फ १६औँ नम्बरमा विजया धिताल, मुस्लिम पुरुषको दोस्रो नम्बरमा मोहम्मद हारुन हल्वाईलाई उम्मेदवार बनाएको छ । नेपाली कम्युनिस्ट पार्टीबाट खसआर्य महिलातर्फ नवौँ नम्बरमा मञ्जु कोइराला (सिग्देल) र मुस्लिम महिलातर्फ जामिया खातुन उम्मेदवार बनेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट दलित महिलातर्फ सुश्मा स्वर्णकार (डिम्पल), थारू पुरुषतर्फ गोविन्दबहादुर थारू, मुस्लिम पुरुषतर्फ सथ्यद वकार अहमद शाह रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट आदीवासी जनजाति महिलातर्फ पवित्रा सुब्बा (लिम्बु), खसआर्य पुरुषतर्फ हिक्मतबहादुर ढकाल र मुस्लिम पुरुषतर्फ सलाउद्दिन जसगढका साथै मुस्लिम महिलातर्फ पिंकी बेहना उम्मेदवार बनेका छन् ।

नेपाल मजदुर पार्टी बाँकेले समानुपातिकतर्फ डिल्लीबहादुर पुन आदिवासी जनजातितर्फ २७औँ नम्बरमा उम्मेदवार बनाएको छ । राष्ट्रिय जनमोर्चाले बाँकेका बलिसरा पुन मगरलाई आदिवासी जनजाति कलस्टरको १३औँ नम्बरमा उम्मेदवार बनाएको छ । खसआर्य महिलातर्फ तेस्रो नम्बरमा बालकुमारी आचार्य उम्मेदवार बनेकी छन् भने मधेशी पुरुषतर्फ रामप्रसाद चमार र मुस्लिम महिलातर्फ मोमिना खातुन उम्मेदवार छन्।

नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल)ले खसआर्यतर्फ दोस्रो र तेस्रो नम्बरमा खसआर्य महिलातर्फ गंगादेवी ज्ञवाली र पुरुषतर्फ पूर्णबहादुर गौतम, खसआर्य महिलातर्फ पाँचौँ नम्बरमा बाँकेकी पार्वती वली क्षेत्री छन् । दलिततर्फ समानुपातिकमा दोस्रो र तेस्रो नम्बरमा पुरुषतर्फ मनाम सार्की र महिलातर्फ प्रेमकुमारी सुनार रहेका छन् । यस्तै मधेशी महिलाको दोस्रो नम्बरमा निर्मला चौधरीलाई उम्मेदवार बनाइएको छ ।

जनता समाजवादी पार्टी नेपालले खसआर्य महिलातर्फ २१औँ र २२औँ नम्बरमा विन्दु खड्का र मिना बुढा क्षेत्रीलाई उम्मेदवार बनाएको छ भने मुस्लिम महिलातर्फ बेबी तबस्सुम अन्सारी समानुपातिक सूचीमा छिन् । यसैगरी, उन्नत लोकतन्त्र पार्टीले मुस्लिम महिलातर्फ एक नम्बरमा फातिमा दर्जिन र दलित महिलातर्फ एक नम्बर सूचीमा सुमित्रादेवी लोहार रहेका छन् ।

जनता लोकतान्त्रिक पार्टी, नेपालले मधेशी पुरुषको एक नम्बरमा अजयकुमार श्रीवास्तवलाई उम्मेदवार बनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी लेलिनवादी)ले मधेशी पुरुषतर्फ चौथो नम्बरमा प्रेमकुमार नाउ ठाकुर, मधेशी महिलातर्फ सातौँ नम्बरमा कनक नन्दालाई उम्मेदवार बनाएको छ । एकल चुनाव चिन्ह मोबाइलबाट खसआर्य पुरुषतर्फ सालिकराम पाठक र खसआर्य महिलातर्फ सिताकुमारी रेग्मी योन्जन रहेका छन् ।

राष्ट्रिय एकता दलबाट दलित पुरुषतर्फ एक नम्बरमा रामशंकर माधवदासी, एकल चुनाव चिन्ह चकिया (जाँतो)बाट खसआर्य महिलातर्फ लिलासिंह मल्ल (जनता समाजवादी पार्टी), गीताकुमारी ठकुरी (जनता समाजवादी पार्टी), खसआर्य पुरुषतर्फ दिनेशराज पन्त (जनता समाजवादी पार्टी), कृष्णकुमार पाठक (नागरिक उन्मुक्ति पार्टी, नेपाल), दलित महिलातर्फ अनिता हरिजन (जनता समाजवादी पार्टी), दलित पुरुषतर्फ किर्तन चमार (जनता समाजवादी पार्टी), मधेशी पुरुषतर्फ उमेरकुमार यादव (जनता समाजवादी पार्टी), मधेशी पुरुषतर्फ आशिषकुमार गुप्ता (राष्ट्रिय मुक्ति पार्टी नेपाल), मुस्लिम महिलातर्फ हसिना खान र लुबना सिद्धिकी (जनता समाजवादी पार्टी) रहेका छन् ।

राष्ट्रिय परिवर्तन पार्टीबाट खसआर्य महिलातर्फ विनिता खड्का उम्मेदवार छिन् । जनमत पार्टीबाट मधेशी पुरुषतर्फ विष्णप्रसाद यादव र हरपालसिंह शेख उम्मेदवार बनेका छन् । नेपाली काँग्रेस (वीपी)बाट मधेशी महिलातर्फ मुन्ना बेगम, मितेरी पार्टी नेपालबाट थारू महिलातर्फ सुन्दरी थारू, मुस्लिम पुरुषतर्फ दिनेश गोडिया, खसआर्य पुरुषर्फ मिधुनराज खड्का क्षेत्री रहेका छन् ।

जय मातृभूमि पार्टीबाट खसआर्य पुरुषतर्फ पदमसिंह आचार्य, सार्वभौम नागरिक पार्टीबाट खसआर्य पुरुषतर्फ गोविन्दराज शर्मा, मधेशी महिलातर्फ सुशीला बर्मा उम्मेदवार बनेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रेहना रूखसार, नेपाल जनता पार्टीबाट खसआर्य पुरुषतर्फ दीपककुमार केसी दलित पुरुषतर्फ राजीतकुमार चमार रहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट खसआर्य महिलातर्फ कल्पना रोकाय, सीता शाह, मधेशी पुरुषतर्फ मनिसकुमार मिश्र उम्मेदवार छन् । एकल चुनाव चिन्ह बलबाट खसआर्य पुरुषतर्फ जीतबहादुर खड्का र महिलातर्फ धनमाया खड्का (नेपाल संघीय समाजवादी पार्टी) रहेका छन्।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २६ गते सोमबार