कैलालीको लम्कीचुहामा पूर्वपश्चिम राजमार्ग अवरुद्ध



धनगढी । कैलालीको लम्कीचुहामा पूर्वपश्चिम राजमार्ग स्थानीयले अवरुद्ध गरेका छन् ।ट्रकको ठक्करबाट शुक्रबार साइकल यात्रीको मृत्यु भएपछि आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् । ट्रकले ठक्कर दिंदा लम्कीचुहा नगरपालिका–८ का १५ वर्षीय शिरिस भण्डारीको मृत्यु भएको थियो ।

आफन्तहरुले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र ट्रक चालकलाई बारबाहीको माग गर्दै टायर बालेर राजमार्ग अवरुद्ध गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए ।उनकाअनुसार राजमार्ग अवरुद्ध भएपछि विभिन्न गन्तव्यका सवारीसाधन चल्न सकेका छैनन् । अहिले मृतक पक्ष र स्थानीय प्रशासनबीच छलफल चलिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २४ गते शनिबार