आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा



रुपन्देही।

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सूचना अनुसार प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकार र प्रदेश सभाले संयुक्तरुपमा मूल समारोहको आयोजना गर्दैछन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २१ गते बुधबार