काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशससभा निर्वाचन अघि पार्टीको १५ औं महाधिवेशन हुने बताएका छन् ।काठमाडौं–४ मा शनिबार चुनाव लक्षित एक कार्यक्रममा उनले आगामी निर्वाचनमा ‘प्राइमरी इलेक्सन’ मार्फत् वडाबाटै उम्मेदवार चुनिने पनि बताए ।

‘अब नयाँ स्थानीय चुनावभन्दा, नयाँ प्रदेशको चुनावभन्दा अगाडि पार्टीको अधिवेशन भइसक्छ,’ सभापति थापाले भने, ‘ नेपाली कांग्रेसको नयाँ अधिवेशनले पार्टीभित्र यि सबै कुराहरू, चुनावको उम्मेदवारको टिकट प्राइमरीबाट वडाका साथीहरूले छान्नुहुन्छ ।’
उनले अब कांग्रेसमा उम्मेदवारको टिकटका लागि आकांक्षी कसैले पनि सभापति र महामन्त्रीको घर धाउनु नपर्ने पनि जिकिर गरे । सभापति थापाले कांग्रेसमा गुटबन्दीसँगै ६०–४० को भागबण्डाको पनि अन्त्य भएको बताए ।
प्रकाशित मिति : २०८२ माघ १७ गते शनिबार









प्रतिक्रिया दिनुहोस्