शहीद झालाई राष्ट्रिय विभूति घोषणा गर्न माग



जनकपुरधाम । प्रथम गणतन्त्रवादी शहिद दुर्गानन्द झालाई राष्ट्रिय विभूति घोषण गर्न माग गरिएको छ । शहीद दुर्गानन्द स्मारक संरक्षण समितिद्वारा जनकपुरधाम २३ सोनामाई स्थानस्थित शहिद दुर्गानन्द स्मारकमा आज आयोजित ६२औँ बलिदान दिवसको अवसरमा उक्त माग गरिएको हो ।

मधेस प्रदेशका सभामुख रामआशिष यादवले अमर शहिद दुर्गानन्द झा प्ररेणाका स्रोत केन्द्र रहेका उनको योगदान, देश र जनताको हितमा खेलेको अहम भूमिकाबारे अभिलेखालय स्थापना गर्न गराउन विशेष आग्रह गरे ।

उनले दुर्गानन्द झाका सहयात्री क्रान्ति वीर महामना राजेश्वर नेपालीको अथक प्रयासवाट दुर्गानन्द झाको पूर्णकदको सालिकप्रति आभार प्रकट गरे । पूर्वमन्त्री जुलीकुमारी महतोले गङ्गालाल, धर्मभक्त, दशरथचन्द र शुक्रराजले राणाशासनविरुद्धको आन्दोलन गर्दा राजाले सहयोग गरेका थिए तर गणतन्त्रका प्रथम शहिद दुर्गान्द झाले राजतन्त्र समाप्तिका लागि बलिदान दिएकाले उनलाई गणतन्त्रका प्रथम शहिद मानिएको जिकिर गरिन् । मारक समितिको अध्यक्ष तथा वडाध्यक्ष राघवेन्द्र साहले शहिद झाको प्रेरणाप्रद बलिदानमाथि बृहत प्रकाश पारे । । वरिष्ठ पत्रकार श्रीनारायण साहले शहीद झालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १५ गते बिहीबार