नेकपा एमाले कसैसँगै आत्मसर्मपण गर्दैन : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको विषयमा आत्मसमर्पण नहुने बताएका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनका सन्दर्भमा घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझावका लागि भएको छलफलका क्रममा ओलीले यस्तो बताएका हुन् ।

पार्टीका प्रचारप्रसार विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा लगायतको रक्षाका लागि आफ्नो पार्टी प्रतिरोध, प्रतिवाद र प्रतिरक्षामा उत्रने ओलीले बताएका हुन् ।

‘राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष ओलीले यसको रक्षाका लागि प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा गरिने बताए । साथै, अध्यक्ष ओलीले कुनै पनि आत्मसमर्पण स्वीकार्य नहुने कुरामा जोड दिनुभयो,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । साथै, उनले आफ्नो पार्टीले हाल भइरहेका राज्यका संयन्त्रहरूका गतिविधि र काम कारबाहीका विषयमा नजिकबाट नियालिरहेको जानकारी पनि गराए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १५ गते बिहीबार