इरान–अमेरिका तनाव चुलिँदै, हिंसात्मक प्रदर्शनलाई लिएर आरोप–प्रत्यारोप



इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले सोमबार हालै देशभर देखिएका हिंसात्मक प्रदर्शन र अस्थिरता अमेरिकालाई इरानसँग अर्को युद्धमा तान्ने उद्देश्यले गरिएका बताएका छन् । अराघचीले संयुक्त राष्ट्र मानवअधिकार परिषद्ले शुक्रबार पारित गरेको इरान विरोधी प्रस्तावमा श्रीलङ्काले देखाएको समर्थनको कदर गर्दै त्यसलाई श्रीलङ्काको ‘स्वतन्त्र, सन्तुलित र मैत्रीपूर्ण’ दृष्टिकोणको सङ्केत भएको बताए ।

हेराथले पनि आफ्नो देश इरानसँगको सम्बन्ध सुदृढ गर्न प्रतिबद्ध रहने र विदेशी हस्तक्षेपका बाबजुद दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने प्रतिवद्धता व्यक्त गरे । फोन वार्ताको क्रममा दुवै देशका शीर्ष कूटनीतिज्ञहरूले दुईतर्फीय सम्बन्ध विस्तार गर्ने र अर्थव्यवस्था तथा व्यापारलगायत विभिन्न क्षेत्रमा सहयोग बढाउनेमा सहमति जनाए। साथै, अन्तर्राष्ट्रिय मञ्चमा नजिकबाट परामर्श राख्ने पनि तय भयो ।

पछिल्लो डिसेम्बरदेखि इरानका धेरै शहरमा राष्ट्रिय मुद्राको मूल्य घटेसँगै विरोध प्रदर्शन सुरु भएको थियो । इरानी सरकारले आर्थिक समस्याहरू सम्बोधन गर्ने इच्छा व्यक्त गरेको छ, तर हिंसा, तोडफोड र अस्थिरताविरुद्ध चेतावनी पनि दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १३ गते मंगलबार