चुनावपछि कांग्रेस पहिलो पार्टी र गगन प्रधानमन्त्री बन्ने चन्द्र भण्डारीको दाबी



काठमाडौँ  । नेपाली कांग्रेसका नेता एवं गुल्मी २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा। चन्द्र भण्डारीले विशेष महाधिवेशनबाट गगन थापा सभापति भएपछि देशभर कांग्रेसको पक्षमा लहर आएको दाबी गरेका छन् ।

नेपाली कांग्रेस गुल्मी रुपन्देही सम्पर्क समाजले बुटवलमा गरेको अन्तरक्रियामा भण्डारीले कांग्रेस इतिहास बोकेको भरोसायोग्य पार्टी भएको तथा युवा नेता गगन थापा सभापति चयन भएकाले अब पनि कांग्रेस नै पहिलो पार्टी बन्ने दावी गरे ।

२१ फागुनको निर्वाचनका लागि कांग्रेसले ११० जना नयाँ उम्मेदवार उठाएको तथा आर्थिक अपचलनको आरोप खेपेका कसैलाई पनि उम्मेदवार नबनाएकाले जनताले कांग्रेसलाई जिताउने उनको तर्क छ । विगतमा भएका कमी कमजोरी सच्याएर अघि बढ्न विशेष महाधिवेशनले गगनलाई सभापति बनाएको बताएका भण्डारीले कांग्रेस विभाजनबाट जोगिएर एक ढिक्का बनेको बताए ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १३ गते मंगलबार