काठमाडौँ ।
‘नेक्स्ट जेन महा एक्सचेन्ज कार्निभल’मा बजाजको सर्वाधिक लोकप्रिय मोटरसाइकल पल्सर २२० एफ सार्वजनिक भएको छ । कम्पनीले विभिन्न अपडेट गरेर यसलाई बजारमा उतारेको हो । नयाँ पल्सर २२० को मूल्य पहिलेभन्दा बढेको छ । कम्पनीले नयाँ पल्सरमा आधार दर्जन बढी फिचर थपेसँगै मूल्य पनि २० हजार रूपैयाँ बढाएको हो ।
यसअघि बिक्री भइरहेको बजार पल्सर २२० को मूल्य ४ लाख २० हजार रूपैयाँ थियो । नयाँ २२० एफको मूल्य ४ लाख ४० हजार बनाइएको हो।
पल्सर २२० मा कम्पनीले पहिलोपटक एलईडी हेडलाइट दिइएको छ । यसमा साइड इण्डिकेटर्स पनि स्ट्याण्डर्ड एलईडीमै छ । नयाँ ग्राफिक्स डिजाइन र कलर अप्सन पनि थपेर आएको छ ।
बजाजले नयाँ २२० एफलाई पूरा डिजिटल कन्सोलमा अपडेट गरेको छ । यसमा ब्लूटुथ कनेक्टिभिटी सिस्टम, स्प्लीट डिजिटल एनालग मिटर, राइड कनेक्ट एप, टर्न बाई टर्न नेभिगेसन, कल एसेप्ट र रिजेक्ट, मिस कल, एसएमएस अलर्ट, समय र डीटीई रिडआउट र ट्रिप कम्प्युटर जस्ता डिजिटल सुविधा उपलब्ध छन् ।
यसका अलावा बीएस ६ इन्जिनमा आएको यो मोटरसाइकलमा २२० सीसीको एयर र आयल कुल्ड, ट्विन स्पार्क, एफआई डीटीएसआई इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम २०.४ पीएस पावर र १८.५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स उपलब्ध छ ।
भृकुटीमण्डपमा बजाजको ‘एक्सचेन्ज क्याम्प’
बजाज ‘नेक्स्ट जेन महा एक्सचेन्ज कार्निभल’ सुरू भएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले काठमाडौँको भृकुटीमण्डपमा एक्सचेन्ज कार्निभल सुरू गरेको हो । यो कार्निभल माघ ११ गतेदेखि सुरू भएर १७ गतेसम्म सञ्चालन हुनेछ । उक्त ‘नेक्स्ट जेन महा एक्सचेन्ज कार्निभल’मा पुरानो मोटरसाइकलसँग बजाजका नयाँ मोटरसाइकल साट्दा ग्राहकले बजार मूल्यमा थप ८ हजार मूल्यांकन पाउने छन् ।
कम्पनीले एक्सचेन्ज कार्निभलमा २२ भन्दा धेरै भ्यालुएटर संस्थाहरू ल्याएर मूल्याङ्कन गरिरहेको छ । साथै, ‘अन द स्पट’ फाइनान्स सुविधा समेत उपलब्ध गराएको कम्पनीको भनाइ छ । फाइनान्समार्फत मोटरसाइकल किन्न चाहनेका लागि नागरिकता कै भरमा कर्जा उपलब्ध दिने कम्पनीले जानकारी दियो । साथै, हरेक मोटरसाइकल खरिदमा ग्राहकले एशोसरिजहरू निःशुल्क पाउने छन् ।









प्रतिक्रिया दिनुहोस्